कोहलपुर,बाँके: ‘समुदायमा काँग्रेस’ अभियान मंगलबार आजबाट सुरु भएको छ । सहिद दिवसको अवसर पारेर नेपाली काँग्रेसले देशभर एकैसाथ अभियान सुरु गरेको हो । बाँकेमा पनि ८१ वटै वडामा औपचारिक रुपमा अभियान सुरु भएको छ ।
अभियानअन्तर्गत सबै वडा तहमा कार्यक्रम हुने काँग्रेस बाँकेले जनाएको छ । यही माघ २६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरूले जनताका कुरा मात्रै सुन्नेछन् । अभियानका लागि ७७ वटा जिल्लामा केन्द्रीय प्रतिनिधि र ७ वटै प्रदेशमा शीर्ष नेता खटिएको काँग्रेसले जनाएको छ ।
यसैविच कोहलपुरको वडा नं. १० मा नेपाली काँग्रेस बाँकेका अनुशासन समिती प्रमुख आषिस काफलेको प्रमुख आतिथ्यतामा काँग्रेस जागरण अभियान सम्पन्न भएको छ भने नगरपालिकाका १५ वटै वडामा अभियानमुखि कार्यक्रम सम्पन्न गरेको कोहलपुर नगर सभापति विरेन्द्र कुमार शाहले न्युज मान सरोवरलाई बताए ।