५ जेष्ठ २०८१, शनिबार

जुत्ता चप्पल व्यवसायी संघ कोहलपुरको रक्तदान ६० युनिट रगत संकलन
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: कोहलपुर जुत्ता चप्पल व्यवसायी संघले आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र कोहलपुरको प्रांगणमा आयोजित रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन गरिएको कोहलपुर जुत्ता चप्पल व्यवसायी संघ कोहलपुरका अध्यक्ष पुण्यप्रसाद तिवारीले जानकारी दिए ।

लुम्बिनी प्रदेशका माननिय सांसद दुर्गा चौधरीको प्रमुख आतिथ्यमा आयोजित रक्तदान कार्यक्रममा प्रमुख अतिथीबाट नै रक्तदान गरेर कार्यक्रमका सुभारम्भ गरेका थिए । ‘रक्तदान जीवन दान’ भन्ने मूल नाराका साथ भएको रक्तदान कार्यक्रममा संघमा आबद्ध जुत्ता चप्पल व्यवयसायीलगायत अन्य विभिन्न संस्थामा आबद्ध युवाहरूले समेत रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र कोहलपुरको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा मानव जीवन रक्षार्थ रक्तदान कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्दै सेवा केन्द्रले संघलाई प्रमाणपत्र प्रदान गरेको थियो ।

 

  • २० माघ २०८०, शनिबार प्रकाशित

  • Nabintech