५ जेष्ठ २०८१, शनिबार

बैजनाथमा स्थानीय खाद्य संजालको समिक्षा बैठक सम्पन्न
  • न्युज मानसराेवर

बैजनाथ: स्थानीय खाद्य संजाल बैजनाथले आफ्नो बार्षिक समिक्षा गरेको छ । स्थानीय खाद्य संजाल बैजनालले हाल सम्म गरेका कार्यहरुको समिक्षा गरेको हो । २०७५ सालमा गठन गरिएको स्थानीय खाद्य संजालले बैजनाथ गाउँपालिका क्षेत्रमा  सामाजिक उत्तरदायित्व  निर्वाह गर्न सरोकारवाला निकायहरुमा ध्यानआकर्षण ,पैरवी गर्दै आइरहेको छ ।

समिक्षा बैठकमा हाल सम्म स्थानीय खाद्य संजालले गरेका कामहरुको अभिलेखिकरण गर्न समेत निर्णय गरिएको छ ।

त्यसै गरी स्थानीय सरकारसँगको समन्वयमा स्थानीय खाद्य संजालको कार्यालय व्यवस्थापन गर्ने लगाएतका विषयहरुमा छलफल समेत गरिएको छ ।

स्थानीय खाद्य संजालले बैजनाथमा जग्गा नाप जाच निस्सा वितरण , वन्यजन्तु र मानव विचको द्धन्द्ध, खाद्य बाली नोक्सानी आरक्षमा क्षेत्रमा बसोबास गर्ने आम नागरिकहरुको जग्गा नाप जाचको व्यवस्था गर्न सरोकारवाला विच अन्तरक्रिया गर्दै आइरहेको छ।

त्यसै गरी वडा स्तरमा खाद्य अधिकारका क्षेत्रमा अन्तरक्रिया ,पैरवी लगाएत गर्दै आइरहेको छ । स्थानीय खाद्य संजाल बैजनाथ संयोजक एकता शाहको अध्यक्षमा उक्त समिक्षा बैठक बसेको थियो । त्यसै गरी फियान नेपालका क्षेत्रिय संयोजक सुरेश गौतमको समेत सहभागिता रहेको थियो ।

  • २० माघ २०८०, शनिबार प्रकाशित

  • Nabintech