२१ बैशाख २०८१, शुक्रबार

कोहलपुर पाँचौ प्रादेशिक महोत्सबमा हात्ति सफारी!
  • न्युज मानसराेवर

बाँके\ नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुरको आयोजनामा संचालन हुन लागेको पाँचौ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि प्रबिधी, ब्यापार एबं पर्यटन महोत्सबमा  हात्ति सफारी गराईने भएको छ।

आज पत्रकार सम्मेलन मार्फत महोसत्वको तयारी बारे जानकारी गराउदै आयोजकले महोत्सबमा स्थानीय पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका निम्ति हात्ति सफारी गराउने उदेश्य लिइएको बताएको हो । त्यसै गरी पत्रकार सम्मेलन मार्फत महोत्सबको सम्पूर्ण तयारी पुरा गरिएको समेत आयोजकले जनाएको छ।

बाँके राष्ट्रिय निकुञ्जमा हात्ति सफारी ,जंगल सफारी, कृषि उत्पादन एवं प्रबिधिको प्रदर्शनी ,थारु संस्कार तथा थारु संग्रालय ,स्थानीय पर्यटक क्षेत्रहरुको आवश्यक जानकारी दिने मुख्य उदेश्य रहेको प्रचार प्रसार उप समिति संयोजक इश्वर शर्माले जानकारी गराएका छन।

नेपाल घरेलु तथा साना उद्योग महासघ कोहलपुर नगर समिती तथा महिला उद्यमी समितिको मुख्य आयोजनामा माघ २५ गतेदेखि फागुन ४ गतेसम्म प्रादेशिक महोत्सवको संचालन गरिने छ।

त्यसै गरी पत्रकार सम्मेलन मार्फत महोत्सवको उदघाटन भौतिक पुर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गर्ने समेत जानकारी गराइएको छ । महोत्सवले पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनलाई बजारीकरण गर्ने मुख्य उदेश्य रहेको घरेलु तथा साना उद्योग महासंघ कोहलपुरका संयोजक हेम विक्रम जिसीले जानकारी गराएका छन।

महोत्सबमा २ सय ९० स्टलहरु रहेने छन भने ४० वटा स्टलहरु निशुल्क गराइएको छ । त्यसै गरी महोत्सव अवधिभर २ लाख दर्शकहरुलाई  अबलोकन गराउने लक्ष्य आयोजनकले लिएको छ ।

  • २४ माघ २०८०, बुधबार प्रकाशित

  • Nabintech