६ जेष्ठ २०८१, आईतवार

कोहलपुर डेन्टल अस्पतालको २० औं स्थापना दिवस, विविध कार्यक्रम गरि मनाईदै
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा रहेको कोहलपुर डेन्टल अस्पतालले विविध कार्यक्रमको आयोजना गर्दै आफनो २० औं स्थापना दिवस मनाउन लागेको जनाएको छ ।शनिवारबाट सप्ताह ब्यापि रुपमा आफनो स्थापना दिवसका अवसरमा अस्पतालले विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान दिने महानुभावहरुलाई सम्मान गर्ने, सामुदायिक तथा संस्थागत विद्यालयहरु एबं विपन्न समुदाय माझ निशुल्क बिशेषज्ञ सहितको दन्त शिविरको आयोजना गर्दै सप्ताह ब्यापि स्थापना दिवस मनाउन लागिएको अस्पतालका प्रबन्ध निर्देशक गजेन्द्र शाहिले न्युज मानसरोवरलाई बताएका छन ।

स्थापना दिवसको अवसरमा पहिलो दिन आज शनिवार विभिन्न अधिकारको क्षेत्रमा निरन्तर सामाजिक भावले लागेको भन्दै खाद्य अधिकारकर्मी धर्मलाल रोकाय, मानव अधिकारकर्मी पुनित विक्रम शाह,ं दलित अधिकारकर्मी डिल वहादुर परियार सामाजिक अभियान्ताहरु नमस्कार शाह र माधवि शाहलाई सम्मान गरेको छ ।

अस्पतालले आफनै कार्यकक्षमा आयोजित एक कार्यक्रममा सामासजक अभियान्ताहरुलाई सम्मान गरेको हो हो । सप्ताह व्यापि मनाईने स्थापना दिवसका अवसरमा विभिन्न जनप्रतिनिधि, सामाजिक, शैक्षिक ब्यक्तित्वहरुलाई सम्मान गरिनुका साथै निशुल्क रुपमा दन्त सेवा दिने कार्ययोजना रहेको अस्पतालले जनाएको छ ।

कोहलपुर डेन्टल अस्पतालले सुर्खेत,दाङ,काठमाण्डौमा समेत आफना शाखाहरुगर्ने भएको छ । कोहलपुर डेन्टल अस्पतालले बिशेषज्ञ सहितको मुख, गिजा तथा दाँतको उपचार सेवा गर्दै आएको छ ।

मानिसको मुख्य अंगका रुपमा रहेको मुखको स्वास्थ्य सम्बन्धि सचेतना समेत फैलाउदै आएको अस्पतालले सामाजिक उत्तरदायित्व अन्तरगत जाजरकोट, रुकुम,डोल्पा, बाजुरा तथा अछाम जिल्लामा समेत पुगि औजार सहित बिशेषज्ञ सेवा दिंदै आएको छ ।

 

  • २७ माघ २०८०, शनिबार प्रकाशित

  • Nabintech