६ जेष्ठ २०८१, आईतवार

रास्वपा नगर समिति कोहलपुरले गर्यो बृहत रक्तदान, १०० पिन्ट रगत सङ्कलन
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुर नगर समितिको आयोजनामा आज शनिबार कोहलपुरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। दल संबद्ध ब्यक्तिहरु तथा अन्य रक्तदाताहरुबाट १०० पिन्ट रगत सङ्कलन गर्न सफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुर नगर समितिले न्युज मानसरोवरलाई जनाएको छ । चालु आर्थिक बर्षको असार मसान्त पछिको कोहलपुर क्षेत्रमा सर्वाधिक रगत संकलन गर्न सफल भएको रक्त सञ्चार केन्द्रका प्रतिनिधिले बताएका छन ।

रक्तदान कार्यक्रममा प्रमुख अतिथि रास्वपा संगठन विभाग केन्द्रीय सचिव शंकर श्रेष्ठले रास्वपाको सामाजिक उत्तरदायित्व अन्तरगत यस किसिमका सामाजिक क्रियाकलापमा निरन्तर लागि समाजमा सकारात्मक प्रभाव पार्नु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा महिला रक्तदाताको विशेष सहभागिता रहेको उल्लेख गर्दै बाँके क्षेत्र नम्बर १ का क्षेत्रीय समिति उप सभापति कुसुम पोखरेलले महिला सहभागितामा १०० पिन्ट रगत सङ्कलन हुनु सकारात्मक सन्देश भएको औंल्याउदै हरेक क्षेत्रमा महिला सहभागिता अपरिहार्य भएको उल्लेख गरिन ।

युवा रक्तदाताको व्यापक सहभागिता प्रति इंगित गर्दै कार्यकम संयोजक राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेश प्रशिक्षण विभाग प्रमुख डाक्टर राज कुमार सुवेदीले युवाहरुमा हुने जोश जाँगरलाई उत्पादनमुलक कार्यमा खर्चिन समेत आग्रह गरे ।

नगर सभापति भरत प्रसाद पनेरुको सभापतित्वमा आयोजित उक्त रक्तदान कार्यक्रममा प्रदेश महामन्त्री तथा संगठन विभाग प्रमुख निलराज अधिकारी, संगठन विभाग सचिव सी एम उपाध्याय, प्रदेश उद्योग वाणिज्य विभाग सचिव राजेन्द्र श्रेष्ठ लगायतको समेत सहभागिता रहेको थियो ।

 

  • २७ माघ २०८०, शनिबार प्रकाशित

  • Nabintech