२४ बैशाख २०८१, सोमबार

पाँचौ कोहलपुर प्रादेशिक महोत्सवको तेस्रो दिन दर्शकको ओइरो
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुरको आयोजनामा संचालित पाँचौ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि प्रविधि ब्यापार एबं पर्यटन महोत्सव (२०८० को अवलोकन गर्ने दर्शनको भिडले आज शनिवार महोत्सवको माहोल निकै तातेको थियो।

नेपाल घरेलु तथा साना उद्योग महासघ कोहलपुर नगर समिती तथा महिला उद्यमी समितिको मुख्य आयोजनामा माघ २५ गतेदेखि फागुन ४ गतेसम्म कोहलपुर ११ न्युरोड स्थित खुल्ला मैदानमा प्रादेशिक स्तरीय महोत्सवमा ख्याति प्राप्त गायक गायिका र कलाकारहरुको हरेक दिन प्रस्तुति रहने आयोजकले जानकारी गराएका छन् ।

महोत्सवको तेस्रो दिन आज शनिवार लोक दोहोरि तथा लोक गायक खेम सेन्चुरि , गायिका भुमिका गिरि, नृत्याङना आरुषि मगर र चर्चित गायक पुस्कल शर्माको बेजोड प्रस्तुतिले कोहलपुरका दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।

महोत्सवमा खेम सेन्चुरिले कमाउने नि हो माया रमाउने नि हो माया, अरेलि काडैले मलाई च्वास्सै, जस्ता चर्चित गित प्रस्तुत गरेका थिए भने पुस्कल शर्माले हात काडेर साइलि , मायाले नबोलि नबोलि हासायो र भुमिका गिरिले चोलि मैलै भो,तारा सङ्गै जुन जस्ता गित दर्शक सामु प्रस्तुत गरेकि थिइन।

यस्तै महोत्सवको चौथो दिन भोलि आईतवार ज्योति मगर,कुलेन्द्र बिश्वकर्मा, र मोडेल अस्मिता पुरिको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन्

  • २७ माघ २०८०, शनिबार प्रकाशित

  • Nabintech