११ श्रावण २०८१, शुक्रबार

राष्ट्रपति रनिङ शिल्ड : एथ्लेटिक्समा राप्ती सोनारीको उत्कृष्ट प्रदर्शन

कराँतेतर्फ कोहलपुर नगरपालिकाले ८ गोल्ड, ३ सिल्भर प्राप्त गर्दै प्रथम

  • न्युज मानसराेवर

नेपालगन्ज : ‘१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको पहिलो दिन राप्ती सोनारीका खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भएका छन् ।

नेपालगन्जमा शनिबारबाट सुरु भएको ‘१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा एथ्लेटिक्स तर्फ ६ सोर्ण सहित राप्ती सोनारी प्रथम भएको हो । शनिबार सम्पन्न ४×१०० रिले छात्रातर्फ, छात्र छात्रा १५०० मिटर दौड, छात्रा ४०० मिटर डौड र छात्र लङजम्प तथा छात्र शटपुटतर्फको प्रथम उपाधिमा राप्ती सोनारीका खेलाडीले कब्जा जमाउन सफल भएका छन् ।

छात्र १५०० मिटर दौडतर्फ राप्तीसोनारीका करण नेपाली, छात्रा १५ सय र ४ सय मिटरतर्फ राप्तीसोनारीकी अनिशा थारु, छात्र लङजम्पतर्फ राप्तीसोनारीका रमेश थारु, छात्र शटपटतर्फ राप्तीसोनारीका विराज विक प्रथम भएका छन् भने ४×१०० रिले छात्रातर्फ  पनि राप्ती सोनारी नै प्रथम भएको छ ।

यसैगरी शनिबार सम्पन्न कराँतेतर्फ कोहलपुर नगरपालिकाले ८ गोल्ड, ३ सिल्भर प्राप्त गर्दै प्रथम भयो । बैजानाथ गाउँपालिकाले ४ गोल्ड, ७ सिल्भर र एक ब्राउन्ज जित्दै दोस्रो स्थान ओगट्न सफल हुँदा राप्तीसोनारी गाउँपालिकाले एक सिल्भर र ८ ब्राउन्ज जित्दै तेस्रो स्थान ओगट्न सफल भयो ।

कराँते छात्रातर्फको ४० केजीमा कोहलपुरकी रोजी थापा प्रथम, राप्तीसोनारीकी विपना श्रेष्ठ दोस्रो र बैजनाथकी अन्जना थारु तेस्रो भए । यस्तै ४५ केजीतर्फ बैजनाथकी बबिता विक प्रथम, कोहलपुरकी सुनिता सुनार दोस्रो र राप्तीसोनारीकी डेनिसा ओलीले तेस्रो स्थान प्राप्त गरे ।

छात्रा कराँते ५० केजीतर्फ बैजनाथकी सिता विक प्रथम र राप्तीसोनारीकी अनिसा परियार तेस्रो भईन् भने ५५ केजीतर्फ छात्रा कराँतेमा कोहलपुरकी पास्ना योञ्जन प्रथम, बैजनाथकी कल्पना राना दोस्रो र राप्तीसोनारीकी रोजिना थारुले तेस्रो स्थान प्राप्त गरिन् ।

यस्तै ६० केजी कराँते छत्रातर्फ कोहलपुरकी अनु चन्द प्रथम हुँदा बैजनाथकी लक्ष्मि बुढाथोकी दोस्रो स्थान प्राप्त गरिन् । यसैगरी कराँते छात्र ४२ केजीतर्फ कोहलपुर नगरपालिकाका सुमन सिंह ठकुरी प्रथम हुँदा बैजनाथ गाउँपालिकाका अभिषेक विकले दोस्रो स्थान प्राप्त गरिन् ।

कराँते छात्र ४७ केजीतर्फ कोहलपुरका सन्दिप शाही प्रथम, बैजानाथका समिर थारु दोस्रो र राप्तीसोनारीका अमृत थारुले तेस्रो स्थान प्राप्त गरे । यस्तै ५२ केजीतर्फ कोहलपुरका सुमन बुढा प्रथम, बैजनाथका मेघराज विक दोस्रो र राप्तीसोनारीका आभाष रुचालले तेस्रो स्थान प्राप्त गरे ।

कराँते छात्र ५७ केजीतर्फ कोहलपुरका सुशान्त सिहं ठकुरी प्रथम हुँदा बैजनाथका विशाल खत्रीले दोस्रो स्थान प्राप्त गरे । यसैगरी कराँते छात्र ६२ केजीतर्फ बैजनाथका प्रेम रम्तेल प्रथम, कोहलपुरका शिवम पुनमगर दोस्रो र राप्तीसोनारीका अरुण बुढाथोकीले तेस्रो स्थान प्राप्त गरे ।

कराँतेकै काता छात्र विधामा कोहलपुरका वसन्त थारु प्रथम, बैजनाथका प्रेम रम्तेल दोस्रो र राप्तीसोनारीका मनिकराज कुमाल तेस्रो भए भने काता छात्रातर्फ बैजनाथकी बविता विक प्रथम, कोहलपुरकी सुनिता सुनार दोस्रो र राप्तीसोनारीकी डेनिशा ओलीले तेस्रो स्थान प्राप्त गरिन् ।

शनिवार सम्पन्न खेलमा एथ्लेटिक्स तर्फ राप्ती सोनारी प्रथम भएपनि समग्र खेलको नतिजा अनुसार दोस्रो स्थान रहेको छ । बाँके जिल्लाले लगातार दुईपटक पहिलो स्थानसहित उपाधि जित्नुमा राप्तीसोनारीकै खेलाडीको ठूलो हात रहेको राप्ती सोनारी गाउापालिका अध्यक्ष तप्त बहादुर पौडेलले बताए ।

गत बर्ष राप्ती सोनारीका खेलाडीले मात्र प्रदेशमा आधा दर्जन बढी पदक दिलाउन सफल भएको भन्दै यस बर्षपनि खेलाडीको हौसला बढाउन निरन्तर लागिरहेको अध्यक्ष पौडेलको भनाई छ ।

राप्ती सोनारीका गेम टिचर पति राम चौधरी, मनोज थारु, कमला जैशी, राप्ती सोनारी निवासी एथ्लेटिक्सका प्रशिक्षक तथा अन्तराष्ट्रिय खेलाडी वाल कृष्ण चौधरी, स्थानिय खेलकुद बिकास समिती राप्ती सोनारीका संयोजक तेज बहादुर सुबेदी, सचिवालय सदस्य तथा क्रिकेटर ममता थापा र सम्पूर्ण खेलाडीको नेतृत्व गरिरहेका प्रताप सिंह थारुको अथक प्रयासले राप्ती सोनारीका खेलाडिले राम्रो खेल प्रदर्शन गर्न सफल भएको गाउँपालिका अध्यक्ष पौडेलले बताए ।

  • २८ माघ २०८०, आईतवार प्रकाशित

  • Nabintech