१२ श्रावण २०८१, शनिबार

झारफुक गरि रोग निको पार्छु भन्दै जबरजस्ती करणी गर्ने बोहरा पक्राउ

अनुहारमा भएको दागको समस्या हटाउने औषधी भएको भन्दै ललाई फकाई जवरजस्ति करणी गरेको आरोप

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:कैलाली गोदावरी नगरपालिका वडा नं ५ गेटा नहरटोल बस्ने बर्ष ३९ को गोबिन्द प्रसाद बोहरालाई ईलाका प्रहरी कार्यालय कोहलपुरले काठमाण्डौबाट पक्राउ गर्न सफल भएको छ ।

शारिरीक अपाङगता भएकी बर्ष ३० की परिबर्तित नाम संकेत ६५ कोहलपुर १३९ लाई भेटी पिडितको अनुहारमा भएको दागको समस्या हटाउने औषधी आफुसँग भएको पुर्णरुपमा निको हुने र बिहे समेत गर्ने प्रलोभनमा पारी पटक पटक जबरजस्ती करणी गर्ने बोहरालाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

पीडित महिलालाई बाँके कोहलपुर नगरपालिका वडा नं. २ मनकामना चोक स्थितमा डेरालिई पटक पटक जबरजस्ती करणी गर्ने गरेको र उक्त कुरा कोही कसैलाई भनेमा झारफुक गरी भस्म गराई दिने भनी डरत्रास समेत देखाई पटक पटक करणि गर्ने बोहरा घटना पश्चात फरार रहेका थिए ।

पिडितको जाहेरीले प्रतिवादी गोबिन्द बोहरालाई खोज तलासकालागि खटीएको प्रहरी टोलीले प्रहरी बृत स्वयम्भुको सहयोगमा माघ २७ गते पक्राउ गरि आबश्यक अनुसन्धानको प्रक्रिया अगाडि बढाईएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले जानकारी दिएका छन ।

  • २९ माघ २०८०, सोमबार प्रकाशित

  • Nabintech