२१ बैशाख २०८१, शुक्रबार

नेपालगन्ज-जनकपुर एकतर्फी भाडा आठ हजार पाँच सय रुपैयाँ निर्धारण
  • न्युज मानसराेवर

नेपालगन्ज,बाँके:  शनिबारदेखि नेपालगन्ज-जनकपुरसम्म हुने चार्टर उडानका लागि भाडा निर्धारण गरिएको छ । नेपालगन्ज-जनकपुर एकतर्फी भाडा आठ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको पर्यटन व्यवसायी श्रीराम सिग्देलले जानकारी दिनुभएको छ ।

नेपालगन्जबाट जानकी मन्दिर दर्शनका लागि नाट्टा बाँकेले नाटा मदेस प्रदेशको सहकार्य गरेर चार्टर उडान गर्दैछ । यही फागुन ५ गते शनिबार र ७ गते सोमबार नेपालगन्ज-जनकपुर-नेपालगन्ज यति एअरलाइन्सको एटीआर-७२ विमानबाट दुईवटा प्रवर्द्धनात्मक उडान गरिने उहाँको भनाइ छ ।

नेपालगन्ज-जनकपुरको एकतर्फी उडान अवधि १ घन्टा ३० मिनेटको हुने छ । मधेसका दुई ऐतिहासिक सहर नेपालगन्ज र जनकपुरको सिधा सम्पर्कका लागि यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पर्यटन व्यवसायी सिग्देलको भनाइ छ ।

  • २ फाल्गुन २०८०, बुधबार प्रकाशित

  • Nabintech