२३ बैशाख २०८१, आईतवार

राप्ती सोनारी ग्रामीण आँखा केन्द्र सञ्चालनमा
  • न्युज मानसराेवर

नेपालगन्जः बाँकेको राप्ती सोनारी गाउँपालिकामा आँखा उपचारका लागी ‘राप्ती सोनारी ग्रामीण आँखा केन्द्र’ सञ्चालनमा आएको छ । योसँगै अव आँखाको चेकजाँच र उपचारका लागी नेपालगन्ज धाउनुपर्ने स्थानीयबासीको बाध्यता हटेको छ । राप्ती सोनारी गाउँपालिका र नेपाल आँखा कार्यक्रम–तिलगङ्गा आँखा प्रतिष्ठानबीच आँखा केन्द्र सञ्चालन गर्ने सम्झौता भएसँगै राप्ती सोनारी गाउँपालिका–४ बैजापुरस्थित बैजापुर अस्पतालमा विहीबारदेखि आँखा केन्द्र सञ्चालनमा आएको अस्पतालका प्रमुख डा. राम साहले जानकारी दिनुभयो । केन्द्रको गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । उहाँले स्वास्थ्य सेवालाई सवैको पहुँचमा केन्द्रीत गर्न आँखा उपचार पनि सुरु गरिएको बताउनुभयो ।

उहाँले कुनै पनि नागरिकहरु उपचार अभावमा अन्धोपन हुन नपरोस् भन्नेमा स्थानीय सरकार सचेत रहेको पनि उल्लेख गर्नुभयो । स्वास्थ्य सेवामा स्थानीयको पहुँच बढाउनेगरी पालिकाले स्वास्थ्य सेवालाई विस्तार गर्दै आएको पालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले बताउनुभयो । पालिकाभित्रै आँखा केन्द्रमा सञ्चालन आएपछि आँखाका बिरामीलाई उपचारका लागी अन्यत्र स्थान धाउनुपर्ने बाध्यता अव हटेको उहाँको भनाइ छ । यस्तै तिलगङ्गा आँखा प्रतिष्ठानका सर्जिकल इन्चार्ज विमल विसीले नेपाल आँखा कार्यक्रम–तिलगङ्गा आँखा प्रतिष्ठानले गाउँपालिकासँग मिलेर आगामी पाँच वर्षका लागी उपचार व्यवस्थापनमा सहयोग गर्ने बताउनुभयो ।

  • ३ फाल्गुन २०८०, बिहीबार प्रकाशित

  • Nabintech