२३ बैशाख २०८१, आईतवार

विद्यार्थीहरुलाई सामाजिक उत्तरदायित्व सिकाउदै वाल ज्योती

वाल ज्योतीले विद्यार्थीहरुलाई कृषि बन बिज्ञान सिकाईका लागि सिर्जना सामुदायिक वन संगको सहकार्यमा वातावरण संरक्षण समेत गर्दै

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: पछिल्लो समय नेपाली समाजमा परोपकारको भावना मर्दै गएको अवस्थालाई चिर्दै बाँकेको कोहलपुर ११ मा रहेको बाल ज्योती सेकेण्डरी स्कुलले आफनो विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई सामाजिक उत्तरदायित्व वहन गर्ने कार्यक्रमहरुमा पनि सहभागिता जनाउन थालेको छ ।

विद्यालयमा अध्यनरत कक्षा ७ का विद्यार्थीहरुको सक्रियतामा अन्य विद्यार्थीहरुबाट वसन्त पञ्चमीका दिन सम्म विद्यार्थीहरुबाट संकलन गरिएको मुठि दानवाट प्राप्त १ कुन्टल बढि चामल र दाल कोहलपुरमा रहेको निल सागर आश्रमलाई हस्तान्तरण गरिएको हो ।

मासिक रुपमा अभियानका रुपमा सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने सोच वनाएको विद्यालयले आज निल सागर आश्रम स्थल कोहलपुर ५ को कार्यालयमै पुगरे उक्त मुठी दान चामल हस्तान्तरण गरेको विद्यालयका प्रिन्सिपल दामोदर पौडेलले न्युज मान सरोवरलाई बताए ।

विद्यालयका संस्थापक लक्ष्मिदेवी सुवेदी सहित विद्यालयमा अध्यनरत वाल वालिकाहरुले निल सागरलाई चामल दाल उपलब्ध गराएकोमा निल सागर आश्रम कोहलपुरकी प्रमुख अञ्जु निल सागरले विद्यालयले पारेपकारी जस्तो मानविय काममा विद्यार्थीहरुलाई लाग्न अभिप्रेरित गरेको भन्दै कोहलपुरमा यस्तो अभियानलाई अन्य विद्यालयहरुले सिकाईका रुपमा लिनुपर्ने भन्दै वाल ज्योती परिवार प्रति कृतज्ञता ब्यक्त गरेकी छिन । विद्यार्थीहरुलाई अध्यापनका अलावा बिभिन्न प्रयोगात्मक सिकाई, सामाजिक कार्यमा सहभागिता गराउदै आएको वाल ज्योतीले विद्यार्थीहरुलाई कृषि बन बिज्ञान सिकाईका लागि सिर्जना सामुदायिक वन संगको सहकार्यमा वातावरण संरक्षण तथा हेर्दै, काम गर्दै र सिक्दै गर्ने ब्यबहारिक शिक्षाको समेत शुरुवात गरेको छ ।

विद्यार्थीहरुले आफनो टिफिन खर्च कटौति गरेर मानव सेवामा सर्मपित हुन प्रेरणा दिने वाल ज्योती सेकेण्डरी स्कुललाई २०४७ सालमा प्याव्सनका केन्द्रिय उपाध्यक्ष समेत रहेका स्व. टिकाराम सुवदीले स्थापना गरेका थिए ।

  • ६ फाल्गुन २०८०, आईतवार प्रकाशित

  • Nabintech