४ जेष्ठ २०८१, शुक्रबार

गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या २९ हजार नजिक
  • न्युज मानसराेवर

एजेन्सी:गाजापट्टीमा मृत्यु हुने प्यालेस्टिनीको संख्या २८ हजार ९८५  पुगेको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार जनाए अनुसार गत  अक्टोबर ७ मा शुरु भएको इजरायल-हमास द्वन्द्वपछि तटीय क्षेत्रमा ६८ हजार ८८३ प्यालेस्टिनी घाइते भएका छन्।

इजरायली सेनाको आक्रमणबाट पछिल्लो २४ घण्टामा १२७ प्यालेस्टाइनीको मृत्यु  भएको छ  भने २०५ जना घाइते भएका छन्। प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले दक्षिणी गाजापट्टीको खान युनिस शहरको अलअमल अस्पतालले इजरायली ट्यांकबाट थुप्रै प्रत्यक्ष आक्रमण भएको बताएको छ।

  • ७ फाल्गुन २०८०, सोमबार प्रकाशित

  • Nabintech