४ जेष्ठ २०८१, शुक्रबार

क्यानडा नेपालसँग दुई विकेटले पराजित
  • न्युज मानसराेवर

काठमाडौँ: क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपाल ’ए’ विजयी भएको छ । मङ्गलवार मुलपानी मैदानमा सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपाल ’ए’ले क्यानडालाई २ विकेटले हराएको हो । नेपाल एको जितसँगै तीन म्याचको सिरिज १–१ को बराबरीको अवस्थामा पुगेको छ ।

सुरुवाती ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा एक बल बाँकी छदै २ सय ४० रनमा अलआउट भएको थियो । श्रेयश मोभाले ६८ रन बनाएको इनिङ्समा नवनीत धालिवालले ४६ रन बनाएका थिए । नेपालका साहब आलमले ३ तथा रासिद खान र शेर मल्लले समान दुई विकेट लिएका थिए ।

क्यानडाले प्रस्तुत गरेको २ सय ४१ रनको लक्ष्य नेपालले ५ बल बाँकी छदै ८ विकेट गुमाएर पुरा गर्‍यो । कप्तान सन्दीप जोराले ६६ रन बनाएको इनिङ्समा बासिर अहमदले ५२ रनको योगदान गरे । रासिद खानले ४७ रन बनाए ।

क्यानडाका निखिल दत्त, आमोर खालिद र साहिद अहमदजईले समान दुई विकेट हात पारे । सिरिज अन्तर्गतको पहिलो खेलमा क्यानडा ४ विकेटले विजयी बनेको थियो ।

  • ८ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • Nabintech