९ जेष्ठ २०८३, शनिबार

ट्राफिक सप्ताह शुरु, नागरिकहरु आफै सचेत हुनुपर्ने: गृहमन्त्रि श्रेष्ठ

बाँके जिल्लाका बिभिन्न स्थानमा फाल्गुण १७ गते सम्म ट्राफिक सप्ताह मनाउदै ट्राफिक सचेतनाका कार्यक्रम गरिने

  • विकल भट्टराई

कोहलपुर,बाँके: देशब्यापि रुपमा आज बिहिवारदेखि ट्राफिक सप्ताह शुरु भएको छ । ट्राफिक सप्ताहको शुभारम्भ गर्दै नेपाल सरकारका उप -प्रधान तथा गृहमन्त्रि नारायणकाजि श्रेष्ठले सडक दुर्गघटनाबाट बच्न नागरिक आफै सचेत हुनुपर्ने वताएका छन ।

बाँकेको नेपालगञ्जमा आज आयोजित ट्राफिक सप्ताह कार्यक्रममा सवारि चालकलाई हेल्मेट हस्तान्तरण गर्दै नियम सम्बन्धि स्टिकर टाँस गरि नेपाल सरकारका गृहमन्त्री एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले ट्राफिक सप्ताहको उद्घाटन गरेका हुन ।

श्रेष्ठले आम सर्वसाधारणमा ट्राफिक सचेतना अभिवृद्धि गर्दै सडक अनुशासन कायम गर्नका लागि सबैलाई प्रेरित गर्न आवश्यक रहेको बताए ।
यस्ता अभियानले सडक अनुशासन कायम गर्दै बढ्दो सवारी दुर्घटना न्यूनीकरणमा भूमिका खेल्ने र अभियानलाई सफल पार्न सबैलाई आह्वान गरे । गृहमन्त्री श्रेष्ठले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै पक्षको इमानदारिता र सक्रियता आवश्यकरहनेमा जोड दिए ।

सडक सुरक्षा र ट्राफिक नियमसम्बन्धी प्लेकार्डसहित रयालि समेत निकालिएको छ । यसले ट्राफिक सचेतना नागरिक सम्म पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीले जानकारी दिए । सडकको अवस्था, भौगोलिक कारण, सवारीसाधनको अवस्था, ट्राफिक नियमको उल्लंघन, मौसम लगायतका कुरामा ध्यान नदिँदा बढी दुर्घटना हुने गरेको छ ।

पैदलयात्री जथाभावी बाटो काट्ने, चौपाय छाड्ने जस्ता कुरा थप दुर्घटना बढेका कारण जनचेतना जगाउँदै दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह सुरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै सप्ताहअन्तर्गत पैदलयात्रीलाई सडकपेटी तथा जेब्राक्रसबाट हिँड्न सिकाउने, सवारीसाधनको गतिकम गर्न प्रेरित गर्ने तथा जेब्राक्रसमा पैदल यात्रीलाई प्राथमिकता दिने, पार्किङ एवम् सडकपेटी व्यवस्थित गर्दै ट्राफिक सचेतनासम्बन्धी पर्चा र पम्प्लेट वितरण गर्ने, विद्यार्थीलाई ट्राफिक नियमको प्रशिक्षण दिनेलगायतका कार्यक्रम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख सुवेदीले बताएका छन।

कार्यक्रममा बाँके जिल्लामा आवद्ध विभिन्न संघसस्था, एन प्याब्सन ,प्याब्सनमा आवद्द्ध विद्यालयका विद्यार्थीहरुले ट्राफिक नियम सम्बन्धिका प्लेकार्ड सहित रयालिमा सहभागि भएका थिए भने कार्यक्रममा सडक नाटक समेत प्रस्तुत गरिएको थियो।

नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा ट्राफिक सप्ताह सुरु गरिएको हो । औपचारिक कार्यक्रम अघि नगरमा प्रभातफेरि निकालिएको थियो ।

ट्राफिक सचेताको औचित्य माथि प्रकाश पार्दै राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय बुटवलका प्रमुख श्याम बहादुर खत्रिले ट्राफिक प्रहरीको मात्र सक्रियतामा सडक दुर्घटनामा कमि नहुने भन्दै आम नागरिकहरुलाई सचेत पार्ने गरि जेब्रा क्रस, स्पिड क्षमता तथा मापसे जाँच, होर्डिङ बोर्डको थापना लगाएत ट्राफिक सचेतनाका अभियानहरु यो हप्ता भरि गरिने बताए । ट्राफिक सप्ताह आज विहिवार १० गते वाट शुरु भई १७ गते सम्म रहने ट्राफिक प्रहरीले जनाएको छ ।

  • १० फाल्गुन २०८०, बिहीबार प्रकाशित

  • Nabintech