नेपालगन्ज:नेपालगन्जमा सुरु भएकाे लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गाेष्ठी सुरु भएकाे छ । उक्त गाेष्ठीकाे गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका छन् ।
उक्त गाेष्ठीमा लुम्बिनी प्रदेशका मन्त्री, सुरक्षा निकायका प्रमुख, लुम्बिनीका १२ जिल्लाका सुरक्षा प्रमुखलगायतकाे सहभागिता छ । गाेष्ठीमा लुम्बिनीकाे सुरक्षा रणनीतिका विषयमा छलफल हुने बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पाेखरेलले जानकारी दिए । याे गाेष्ठी भाेलिसम्म चल्ने छ ।
लुम्बिनी प्रदेशका गृह मन्त्री सन्तोष पाण्डेको अध्यक्षतामा सुरु भएको गोष्ठीमा १२ वटै जिल्लाका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुखहरू, प्रदेशस्तरका सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको छ।
गोष्ठीमा प्रदेशका १२ वटै जिल्लाको शान्ति सुरक्षाको अवस्था, नागरिकता, राहदानी वितरण, अपराध नियन्त्रणको योजना र उपायहरु, भारत र नेपालको सीमाना सम्बन्धि समस्या तथा समाधानबारे समिक्षा हुने स्रोतले जनाएको छ।

गोष्ठीको गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्नु भएको उहाँका प्रेस सल्लाहकार कमल गिरिले जानकारी दिए । प्रदेशभित्रको सुरक्षा रणनीतिबारेमा गृहमन्त्री श्रेष्ठले विशेष निर्देशन दिँदै संघर्षको बलमा निर्माण भएको संविधानले रक्षाका निम्ती गम्भीर भएर लाग्न आग्रह गरे ।
श्रेष्ठले सुशासन कायम गर्नका लागि समाजको सिंगो प्रणाली सकारात्मक हुन जरुरी रहेको बताए । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने लक्ष्यमा नतिजा मूलक कार्यढाँचा बनाउन निर्देशक दिए । उनले भने, ‘ऋण लिएर ऋण तिर्दैनौं भन्दै अवाञ्चित माग राखी शान्ति व्यवस्थामा खलल पुर्याउने, समाजिक सञ्जालको प्रयोग गरी धार्मिक सद्भावमा खलल पुर्याउने र समाजमा बिग्रह ल्याउनेप्रति चनाखो हुन निर्देशन दिए । वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य लिएको उनको भनाई छ ।
बिहिबार सुरु भएको बैठकमा प्रदेशका सहरी विकास मन्त्री कृष्ण केसीले पनि सहभागिता जनाएकी छिन । बैठकले लुम्बिनी प्रदेशको सुरक्षा अवस्थाको विश्लेषण गर्दै आगामी सशक्त योजना तयार पार्ने तयारी छ। बैठकको पहिलो दिन चारवटै सुरक्षा निकाय (जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान) तथा गृह मन्त्रालयका महाशाखा प्रमुखहरुले सुरक्षाको अवस्था र चालिएका कदमहरुबारे प्रतिवेदन पेस गर्ने बताइएको छ ।
गोष्ठीमा गृह मन्त्रालयका उच्च पदाधिकारीहरु लगायतको सहभागिता रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले जानकारी दिए।











