२३ बैशाख २०८१, आईतवार

सल्यानमा तीन जना बेसाहारा सडक मानवको उद्धार
  • न्युज मानसराेवर

सल्यान: सल्यानको त्रिवेणी गाउँपालिकाले पालिकाका सडकमा बेसाहारा कठिन जीवनयापन गरिरहेका तीन जना सडक मानवको उद्धार गरेको छ । राप्ती राजमार्ग अन्तर्गत सडक र गाउँपालिका आसपासका सडक पेटीमा एक वर्षदेखि कष्टकर जीवन बिताइरहेका दुई जना महिला र एक जना पुरुषको उद्धार गरि मानव सेवा आश्रम तुलसीपुर दाङमा पठाइएको छ ।

पालिकाले ५० हजार आर्थिक सहयोग गरि मानव सेवा आश्रम तुलसीपुर दाङमा पठाइएको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर कसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्दाजी ७२ वर्षीय महिला र उनका अन्दाजी ३२ वर्षीय छोरा र अर्का अन्दाजी ३५ वर्षीय महिलाको उद्धार गरी आश्रममा पठाइएको उहाँको भनाई छ ।

गाउँपालिकाले विभिन्न समयमा, उद्धार गरिएका नागरिकको स्वास्थ्य अवस्थाका बारेमा फलोअप गरेको समेत बताउनु भयो । मानव सेवा आश्रमका लागि त्रिवेणी गाउँपालिका अध्यक्ष र  वडा नम्बर ३ का वडा अध्यक्ष कर्णदेव डाँगी हरेक वर्ष १ महिनाको सेवा सुविधा बापतको रकम आश्रमका लागि प्रदान गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

  • १२ फाल्गुन २०८०, शनिबार प्रकाशित

  • Nabintech