६ जेष्ठ २०८१, आईतवार

वाफ महिला च्याम्पियनसिप : समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा, अब लेबनानसँग भिड्ने
  • न्युज मानसराेवर

काठमाडौँ:राष्ट्रिय महिला फुटबल टोली समूह ‘बी’ को विजेता बन्दै वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।  यसअघि नै लगातार दुई खेलमा जित निकाल्दै सेमिफाइनल पुगेको नेपाली टोली प्यालेस्टाइनलाई हराउँदै समूह विजेताको हैसियतमा अन्तिम चारमा पुगेको हो। नेपालले अब सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता लेबनानसँग खेल्नेछ।

नेपालसँग पराजित भएपनि प्यालेस्टाइन समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको छ। प्यालेस्टाइनले भने समूह ए को विजेता टोली जोर्डनसँग खेल्नेछ।

शनिबार राति साउदी अरबको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा भएको खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० फराकिलो गोल अन्तरले पाखा लगाएको हो। नेपालको जितमा सावित्रा भण्डारीले दुई तथा रेखा पौडेल र गीता रानाले समान एक गोल गरे।

पहिलो हाफको ४१ औँ मिनेटमा सावित्रा भण्डारी साम्बाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिईन्। अन्तर्रािष्ट्रय खेलमा साम्बाको यो ५१ औँ गोल हो। साम्बाले डिफेन्डर गीता रानाको लामो प्रहार प्यालेस्टाइन डिफेन्डरको मिस पासमा अनिता बस्नेतको पासमा साम्बाले किपर बिट भएको मौकामा उनलाई छलाउँदै गोल गरेकी थिईन्।

पहिलो हाफमा १–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप ३ गोल गर्यो।  खेलको ६० औँ मिनेटमा रेखा पौडेलको गोलमा नेपालले अग्रता दोब्बर पार्यो। साम्बाले प्यालेस्टाइनका दुई डिफेन्डर बिट गर्दै गरेको प्रहार पहिलो बारमा लाग्दै फर्किएको बललाई रेखाले पोष्टको जाली चुमाएकी थिईन्।

खेलको ७९ औँ मिनेटमा साम्बाले व्यक्तीगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन्। रश्मी घिसिङले दिएको पासमा साम्बाले अघि बढेको मौका छोप्दै गोल गरेकी थिईन्।

खेलको इन्ज्युरी समयमा नेपालले पेनाल्टी मौका पायो। विमला विकको लामो प्रहारलाई साम्बाले हेडर प्रहार गर्न खोज्दा प्यालेस्टाइनी गोलरक्षक अगाडी बढ्दै खराब ट्याकल गरेपछि नेपालले पेनाल्टी अवसर पाएको थियो। जुन अवसरलाई डिफेन्डर गीताले खेर जान दिईनन्।

  • १३ फाल्गुन २०८०, आईतवार प्रकाशित

  • Nabintech