२३ बैशाख २०८१, आईतवार

दक्षिण एसियामै पहिलो शुद्ध खानेपानी आपूर्ति प्रणाली बर्दियामा स्थापना

मानव जीवनमा शुद्ध पानीको महत्व

  • न्युज मानसराेवर

बर्दिया: बारबर्दिया नगरपालिकाको वडा नम्बर ९ ढकैलामा एक कार्यक्रमको आयोजना गरि शुद्ध खानेपानी आपूर्ति प्रणालीको समुद्घाटन तथा हस्तान्तरण गरिएको छ ।

परराष्ट्र मन्त्रालय जापानको आर्थिक सहयोगमा आड्रा नेपालद्धारा स्थानीय साझेदार संस्था इनरुडेक संगको सहकार्यमा बर्दिया जिल्लामा संचालित  स्वास्थ्य सबलीकरण परियोजनाको सहयोगमा बारबर्दिया नगरपालिकामा उक्त शुद्ध खानेपानीआपूर्ति प्रणालीको स्थापना गरिएको थियो।विश्व प्रसिद्ध यामाहा प्रविधिको सो प्रणाली दक्षिण एसियामै पहिलो पटक नेपालमा स्थापना भएको आयोजकको दावि छ ।

कार्यक्रममा बारबर्दिया नगरपालिका वडा नम्बर ९ का अध्यक्ष देवेन्द्र कुमार बिस्ट, आड्रा नेपालका देशीय निर्देशक टम पिग्नन, आड्रा जापानका देशीय निर्देशक याशुकी आवकी तथा यामाहा जापानका जनरल म्यानेजर इवाई यासुशी, इन्रूडेक संस्थाका अध्यक्ष धर्मलाल रोकाया लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तथानगर प्रमुख छविलाल थारुले दातृ निकायले गरेको मानवीय सहयोगका लागी धन्यवाद ज्ञापन गर्दै नगरपालिकाले पूर्ण स्वामित्व ग्रहण गर्दै आगामी दिनमा शुद्ध खानेपानीआपूर्ति प्रणालीको दिगो व्यवस्थापन तथा संचालनका लागी आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।त्यसै गरी कार्यक्रममा आफ्नो धारणा राख्दै आड्रा नेपालका कार्यक्रम निर्देशक डा. घनश्याम कुमार भट्टले मानव जीवनमा शुद्ध पानीको महत्वबारे प्रकाश गरे । कार्यक्रममा बोल्दै स्थानीय साझेदार संस्था इनरुडेकका अध्यक्ष धर्मलाल रोकायाले प्रणाली स्थापनाका लागी स्थानीय नगरपालिकाको सक्रियता र समन्वयकालागी धन्यवाद व्यक्त गरेका थिए ।स्थानीय खानेपानी तथा सरसफाई समितिका अध्यक्ष हरिश चन्द्र शाहको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो ।

 

  • १५ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • Nabintech