२४ बैशाख २०८१, सोमबार

डुडुवामा नक्कली औषधी पसल ! पसल सिल, बिक्रेता नियन्त्रणमा

प्रचलित कानून बमोजिम कारवाहि गरिने

  • न्युज मानसराेवर

 कोहलपुर,बाँके: बांके जिल्लाको डुडुवा गाउँपालिकाको वडा न ६ चौधरिपुर्वा भन्ने स्थानबाट एक जना नक्कली औषधि बिक्रेतालाई बांके प्रशासनले पक्राउ गरि निजको नक्कली औषधि पसल समेत शिल गरेको छ । बिकास लखेर नाम गरेको  नक्कली बिक्रेताले जनतालाई झुक्क्याउदै औषधि बिक्रि वितरण गर्दै आएकोमा उनीसंग औषधि बिक्री गर्ने न त कुनै योग्यताको प्रमाण पत्र छ, न त उनको उक्त पसल प्रचलित कानून बमोजिम दर्ता नै भएको छ त्यसैले कारवाहि गरिएको बाँके प्रशासनको भनाई रहेको छ ।

पसलमा रहेका ७५ प्रतिशत बढी औषधी म्याद गुज्रिएको पाईएको छ भने बांकी औषधीहरुको उपयोग म्यादमा पनि हातैले ओभर ल्याप गरि थप गरिएको पाइएको छ । बरामद भएका केही औषधिहरु जस्तै भिगो टृप्पल एक्स , डर्मिकेम , कम्बिनेसनमा भएका अन्य केही थप औषधिहरु नेपालमा उपयोग गर्न समेत निषेध गरिएको प्रकृतिका रहेका छ्न ।

औषधि ब्यवस्था बिभाग शाखा कार्यालय नेपालगन्जसंग समन्वय गरि नक्कली बिक्रेता निज बिकास लखेरलाई औषधि बिक्री बितरण संबन्धी प्रचलित कानून बमोजिम कारवाहि गरिने प्रशासनले जनाएको छ ।

  • २४ फाल्गुन २०८०, बिहीबार प्रकाशित

  • Nabintech