२० बैशाख २०८१, बिहीबार

महाशिवरात्रीको अवसरमा नेपालगञ्जवाट कैलाश पर्वत र मानसरोवर दर्शन

श्री एअरलाइन्सको समन्वयमा गत माघ १५ देखि कैलाश मानसरोवरको माउन्टेन फ्लाइट सुरुवात

  • विकल भट्टराई

नेपालगञ्ज : नेपालगञजबाट भारतीय पर्यटकलाई महाशिवरात्रीको अवसरमा चीनको तिब्बतमा रहेको हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको दर्शन जहाजमार्फत आकाशबाट गराइएको छ । भारतबाट आएका तिर्थ यात्रुका अलावा बाँके जिल्लावाट पनि विभिन्न पर्यटन ब्यबसायी, पत्रकार, आम नागरिक र ब्यापारीहरुको समेत सहभागिता रहेको थियो ।

नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल कम्पनी ‘ट्रीप टू टेम्पल्स’सँगको समन्वयमा नेपालगन्जबाट १५० जना भारतीय तिर्थयात्रीको कैलाश मानसरोवरको दर्शन गराएको हो । माउन्टेन फ्लाइटबाट कैलाश पर्वत र मानसरोवरको दर्शनसँगै रावणले तपस्या गरेको राक्षस ताल, अपि र सैपाल हिमाल लगायतको आकर्षक दृश्यावलोकन गर्न पाइन्छ ।

भारतीय ट्राभल कम्पनी ट्रिप टू टेम्पल्सले भारतका विभिन्न राज्यका नागरिकहरूलाई तिर्थयात्रा गराउँदै आएको छ । यस अघि पथिल होलिडेज र ट्रिप टू टेम्पल्सले श्री एअरलाइन्सको समन्वयमा गत माघ १५ देखि कैलाश मानसरोवरको माउन्टेन फ्लाइट सुरुवात गरेको थियो ।

यस अघि नाट्टा च्याप्टर बाँकेले समेत आन्तरिक तथा वाह्य पर्यटन पर्वद्धनका लागि मानसरोवरको दृश्यावलोकन गराएको थियो । यस क्षेत्रका पर्यटनका संभावनाहरुसंग स्थानिय सरकारले हातेमालो गर्न सके आर्थिक रुपमा वजार समेत चलायमान हुने बाँके च्याप्टरका सचिव भागिराम वलि वताउछन ।

ब्यापार ब्यबसायमा आएको मन्दिलाई चिर्दै हिन्दुहरुको आस्थाको केन्द्र मानसरोवरको दृष्या अवलोकन भ्रमण हवाई मार्गवाट हुनु निकै सुखद समाचार भएको भन्दै सचिव वलिले आफुहरुले भारतमा रहेका ट्राभल कम्पनीहरुसंग समन्वय गरि बाँके वर्दिया निकुञ्ज लगाएत भारतिय पर्यटकहरुको रोजाईमा परेका स्थानहरुमा लैजान सहजिकरण गरिरहेको जनाए ।

  • २५ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech