२४ बैशाख २०८१, सोमबार

कोहलपुर नयाँ बसपार्कका २७ सटर खालि, सम्झौता रद्ध
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका ११ मा वनेको अत्याधुनिक बसपार्कमा भाडामा लगाईएको २७ वटा सटर खालि भएका छन । नगरपालिकाले बसपार्कभित्र विभिन्न व्यवसायका लागि भाडामा लिइएका सटरहरुको सम्झौता रद्ध गरेको जनाएको छ । व्यवसाय सञ्चालनमा कठिन भएको भन्दै व्यवसायीले दिएको निवेदनका आधारमा सम्झौता रद्ध गरिएको कोहलपुरका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिए ।

उनका अनुसार ब्यबसायिको निवेदनका आधारमा २७ वटा सटरको सम्झौता रद्ध गरिएको जनाईएको छ । बसपार्क ब्यबस्थापन समितीको फाल्गुण ३ र १३ गतेको सिफारीस बमोजिम नगरपालिकाले सम्झौता रद्धको निर्णय फाल्गुण १४ गते लिएको थियो ।

सटर भाडामा लिई ब्यबसाय गर्दै आएकी धना खातिले विद्युत प्रति युनिट १८ रुपैया सम्म तिर्नु परेको, शौचालय तथा खानेपानीका समस्याहरु ज्यु का त्यु रहेको चर्को भाडा मन्द ब्यापार भएको कारण आफुले सम्झौता रद्धका लागि निवेदन दिएको न्युज मानसरोवरलाई बताएकी छिन । उनले घाटाको ब्यापार कतिञ्जेल गर्न सकिन्छ र भन्दै अव आईन्दा यस्ता सरकारी भाडामा आफनो सहभागिता नरहने समेत वताईन ।

  • २५ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech