२१ बैशाख २०८१, शुक्रबार

युग सुहाउदो शिक्षण सिकाई अव गोरखामा

वालवालिकाहरुको मानसिक, संबेगात्मक तथा वाक कलाको विकासमा टेवा पुग्ने शिक्षा खेल्दै, रमाउदै सिक्दै

  • प्रमोद रिजाल

कोहलपुर,बाँके: बाँकेको कोहलपुर २ मा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलले आफना वाल वालिकाहरुलाई समय,काल र युग सुहाउदो शिक्षण सिकाईमा जोड दिन थालेको छ ।
कक्षा १ देखि ३ सम्मका वालवालिकाहरुलाई बुक लेस तथा होमवर्कलेस सहित हलुङ्गो झोला अभियान अन्तरगत गोरखाले शिक्षण सिकाईवारे उनीहरुकै सन्तती मार्फत अभिभावकहरुलाई एक कार्यक्रमको आयोजना गर्दै व्रिफिङ्ग समेत गराएको छ ।

एक्टिभिटि लेस शिक्षण सिकाईमा वालवालिकाहरुलाई खेल्दै र सिक्दै गर्ने अभ्यासको थालनि गरिएको वताउछन गोरखा स्कुलका शिक्षा कन्सल्टेन्ट ढुन्डिराज गिरी ।

परम्परागत शिक्षामा शिक्षकले बोल्ने विद्यार्थीले सुन्ने प्रचलनलाई चिर्दै अव वालवालिकाले गर्ने क्रियाकलापलाई शिक्षकले हेर्ने वालवालिकाले क्रियाकलाप गर्न सक्ने गरि शिक्षण सिकाईलाई विकसित गर्दै लगिएको वताउदै गिरिले कक्षा कोठामा हरेक वालवालिकाहरुको क्याविन रहेको र हरेक दिनको क्रियाकलापको संगालो स्टोर गरि मासिक रुपमा बुक तयार पार्ने गरिएको वताए ।

वाल वालिकाहरुले आफनो बुक आफै तयार पारेर आफना अभिभावकलाई समेत देखाउने गरेका छन, कलिलो वाल मष्तिकलाई अव परम्परागत शिक्षावाट माथि उठाएर यस्तो अभ्यास शिक्षणको विकास गरिएको वताउछन गोरखा स्कुलका संस्थापक तथा सञ्चालक केशर बहादुर आले मगर ।

वाल वालिकाहरु शुरु शुरुमा स्कुलमा आउदा यहाँको वातावरणमा घुलमिल हुन समेत नसकिरहेको अवस्थामा हामी परम्परागत शिक्षा सिकाउदा उनीहरुको सिकाईमा पर्ने असरलाई मध्यनजर गर्दै आधुनिक र बैज्ञानिक शिक्षामा जोड दिएका छौं भन्दै गोरखा युनाईटेड पब्लिक स्कुलका संस्थापक आलेले खेल्दै सिक्दैका अलावा उनीहरुलाई आफैले सिर्जना गरेका अभ्यासका प्रतिहरुलाई पावर प्वाईन्टमार्फत प्रस्तुति समेत गर्न लगाउने र उस्तै प्रकृतिका शिक्षण पाठहरुलाई टिभि मार्फत देखाउने गरिएको बताए ।

वालवालिकाहरु आफनो सानो घरवाट एक्कसि भुत बंगाला जस्तो देखिने स्कुलमा आउदा उनीहरुलाई स्कलको वातावरण विरानो, न्यास्रो लाग्ने बेला हामीले घोकन्ते शिक्षा दिंदा वालवालिकालाई स्कुलप्रति बितृष्णा लाग्ने, स्कुल जान्न भन्ने, रुने कराउने जस्ता क्रियाकलापले अभिभावकलाई समेत आजित गराईरहेको सन्दर्भमा यो सिक्ने खेल्ने विधिले वालवालिकाहरुलाई विद्यालय आउन समेत प्रेरणा दिन सक्ने भनेर आफुले ठुलो लगानिका साथ वाल सिकाईका कार्यक्रमहरु लन्च गरिएको भन्दै सञ्चालक आलेले २ दशक बढि शिक्षा क्षेत्रमा लागेर शैक्षिक परिवर्तनमा नयाँ आयाम थप्ने आफनो हुटहुटि भने जिवन्त रहने वताउछन ।

उनले आफुले सरकारी विद्यालयको समेत शिक्षण सिकाईमा परिवर्तन चाहेर निजि विद्यालयहरुले सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने धारणा राख्दा समाजमा गलत सन्देश फैलाउन उद्धत शिक्षापे्रमिहरु देखेर आफु अवाक भएको भन्दै आलेले समाजलाई सकारात्मक दिशातर्फ लैजान निजि, सरकारी, गुठि सबैको शिक्षामा अतुलनिय योगदान हुनैपर्नेमा जोड दिन्छन ।

खेल्दै मनोरञ्जन गर्दै सिक्ने शिक्षण पद्धतिले वालवालिकाहरुले चाडो सिक्ने मात्र नभई उनीहरुले सिकेका कुरा समेत नभुल्ने भन्दै कन्सल्टेन्ट ढुन्डिराज गिरीले वालवालिकाहरुमा वाक कलाका साथसाथै आत्मविश्वासमा समेत बृद्धि भएको आफुले पाएको अनुभव सुनाए ।
ग्रास रुट लेवलवाटै यो सिकाईलाई लागु गरेको गोरखा स्कुलले यस बर्षदेखि ९ र १० कक्षामा समेत यस्तो विधि लागु गर्ने जनाएको छ भने आउदो बर्षदेखि अन्य कक्षामा समेत यस्तैखाले ब्यबहारिक र बैज्ञानिक शिक्षाका बिषय बस्तु लन्च गर्ने सोच रहेको वताउछन सञ्चालक केशर बहादुर आले ।

वाल वालिकाहरुलाई हप्काएर, पिटेर घोकाएर पढाउनु नपर्ने अवस्थाको सिर्जना गरेको गोरखा स्कुलले वालवालिकाहरुले सिक्ने विधि र उनीहरुले सिकेका बिषय बस्तुहरुको संगालो सहितको प्रस्तुती शनिवार विद्यालय प्रांगणमा प्रर्दशन समेत गरेको छ । प्रर्दशनिको उदघाटन गर्दै अभिभावक झलकराज सुवेदी, नगर शिक्षा प्रमुख राम बहादुर हमाल, नगर सामाजिक विकास समितीका संयोजक ईश्वरी विकले समेत वालवालिकाहरुको प्रर्दशनि अवलोकन गरेका छन ।

उक्त अवसरमा सञ्चारकर्मिसंग भलाकुसारी गदै विद्यालयका संस्थापक तथा सञ्चालक केशर बहादुर आले मगरले समाजमा निजि तथा सरकारी विद्यालयकोबारे हेर्ने दृष्टिकोण आफुले परिवर्तन गर्न चाहेको दावि गरेका छन । निजिमा भएको साधन स्रोतको प्रयोग सरकारी विद्यालयले गर्ने गरि शैक्षिक अवलोकन भ्रमणको ब्यबस्था हुनुपर्ने भन्दै सरकारी विद्यालयका तालिम प्राप्त शिक्षकहरुलाई निजि विद्यालयमा समेत अनुभव आदान प्रदान गर्ने गरि ब्यबस्थापन गर्नुपर्ने आलेको धारणा रहेको छ ।

बैजनाथ गाउपालिकाकोपालिका शिक्षा समितीमा समेत रहेका आलेले सरकारी विद्यालयमा लगानि अत्याधिक भएको औंल्याउदै त्यस्को तुलनामा निजिमा लगानि न्युन रहेको स्विकार गर्दै सवल शिक्षाका लागि आफुले विद्यालयमा भरपुर लगानि गरिरहेको जनाए ।

कक्षाहरुमा संख्यात्मक रुपमा विद्यार्थीहरु घटाउदै लगेको गोरखाले किताव भन्दा बाहिरी कुराहरुलाई जोड दिएर होमवर्क दिने तयारी गरेको भन्दै आलेले अव वालवालिकाहरुलाई ल्यापटपमै होमवर्क दिएर प्रविधिको समेत भरपुर प्रयोग गर्ने वताएका छन ।

अभिभावकहरु बच्चाले मोवाईल, ल्यापटप हेरेको भनेर गुणासो गरिरहेको सन्दर्भमा हामी मोवाईल ल्यापटप नै चलाउने गरि शिक्षण गतिविधिको तयार गर्दैछौं भन्दै यस्को प्रयोगले वाल वालिकाहरुलाई फ्रि फायर जस्ता नाजायज बिषय बस्तुमा समेत समय नपुग्ने गरि आफुहरुले होमवर्क दिने गरि कार्ययोजना ल्याएको आले बताउछन ।

वालवालिकाहरुले आफुले दैनिक गरेका कार्यहरुको संगालो तथा आफुहरुले गर्दै आएका क्रियाकलापहरुको पर्दशनिमा उल्लेख्य संख्यामा अभिभावकहरुको समेत उपस्थिती रहेको विद्यालयका प्रशासन चिफ कर्ण बहादुर वस्नेतले न्युज मानसरोवरलाई जानकारी दिएका छन ।

  • २७ फाल्गुन २०८०, आईतवार प्रकाशित

  • Nabintech