२० बैशाख २०८१, बिहीबार

शतिसाल जस्तै ठिङ्ग उभिएको प्रभात माविको ५५ औं जन्मोत्सव

शिक्षा मानव स्रोत र विकास केन्द्रबाट कार्य सम्पादन मूल्याकंनका आधारमा यस क्षेत्रमा उत्कृष्ट विद्यालय

  • प्रमोद रिजाल

कोहलपुर,बाँके: बाँके जिल्लाको बैजनाथ ५ मा रहेको प्रभात नमुना माध्यमिक बिद्यालयले आफ्नो ५५ औं वार्षिकोत्सब तथा अभिभावक दिवस भब्य रुपमा मनाएको छ ।

बिज्ञान प्रर्दशनि, सांस्कृतीक कार्यक्रमका साथ विविध कार्यक्रम कार्यक्रमको आयोजना गर्दै विद्यालयले आफनो ५५ र्औ जन्मोत्सव मनाएको हो । बैजनाथ गाउँपालिका वडा नम्बर ५ अरनिको स्थित रहेको विद्यालय ५५ बर्षदेखि सरकारी विद्यालय भएपनि निजि विद्यालयसंगै शैक्षिक प्रतिस्पर्धामा विद्यालयले आफुलाई उम्दा सावित गर्दै शतिसाल जस्तै ठिङ्ग उभिएको छ ।

कर्मश, साईन्स र एजुकेशनमा १२ सम्मको शिक्षा प्रदान गर्दै आएको प्रभात माविले विद्यालयको ५५ औं बार्षिक उत्सवमा आफना वाल वालिकाको मागलाई मध्य नजर गर्दै वाल कलाकारहरु सुपृम मल्ल र पुजा देवकोटालाई विद्यालय प्रांगण सम्म निम्तिा दिई भरपुर मनोरञ्जन समेत प्रदान गरेको छ ।

आधुनिक घर, विद्युत पावर हाउस, ज्वाला तथा भुकम्पका संभावित संभावना सहितका बिज्ञान प्रर्दशनि, कराते कला प्रस्तुति सहित विविध सांस्कृतिक कार्यक्रम सहित आयोजित ५५ औं बार्षिक उत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै बाँके क्षेत्र नं. ३ बाट प्रतिनिधित्व गर्ने लुम्विनी प्रदेशका सांसद रत्न खत्रिले बाँके जिल्लामै सामुदायिक विद्यालयमध्ये प्रभात नमुना माध्यमिकबिद्यालय उत्कृष्ट विद्यालय भएको औंल्याउदै विद्यार्थी र विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आवश्यक सहयोगका लागि आफनो सक्दो प्रयास रहने जिकिर गरेका छन ।

आफनो निर्वाचन क्षेत्रमा रहेको यस विद्यालयलाई कुनै नौलो आयामले आफुले विकसित गर्न चाहेको भन्दै खत्रिले आफनै पहलमा विद्यालयमा शोलार पावर जडान गर्न सकिएको स्मरण गरे ।

शैक्षिक विकास विना अन्य विकासको कल्पना गर्न नसकिने भन्दै प्रदेश सांसद खत्रिले बालबालिकाको शैक्षिक विकासको लागि अभिभावक, समुदाय र विद्यालयको त्रिकोणात्मक कार्ययोजको खाका अनुरुप विद्यालय चल्नुपर्नेमा जोड दिए ।

विद्यालयमा कक्षा १२ मा अध्यनरत विद्यार्थी बिष्णु खत्रीले अंग्रेजि भाषामा स्वागत गर्दै विद्यालयले अंग्रेजि माध्यमवाट अध्यापन गरिरहेको परिवेशलाई पुष्टि गर्दै निजि स्कुलमा मात्र अब्बल हुन सकिन्छ भन्ने कतिथ कथ्यलाई चिर्न सफल भएका थिए ।

पुर्व विद्यार्थी  समिक्षा गिरी , अभिभावक लिल वहादुर नेपाली र बैजनाथ गाउपालिकाका उपाध्यक्ष निर्मला रोकायले समेत मन्तब्य राखेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीले विद्यालयको आर्थिक तथा शैक्षिक बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
सुखि र सफल जीवनकालागि ब्यबहारीक ज्ञान एबं संस्कार सहितको शिक्षा प्रभातको अभियान भन्ने मुल सन्देशका साथ अधिकारीले पेश गरेको प्रतिवेदन सर्वसम्मतले पारीत समेत गरेको छ ।

कुल ५ करोड ५१ लाख असि हजार सरकारी बजेट सहित आम्दानि गरेको सिसि क्यामेरा जडित विद्यालयले गत आर्थिक बर्षमा ३ करोड ४८ लाख १२ हजार खर्च गरि नगद तथा बैंक मौज्दातमा २ करोड ३८ लाख बढि रकम मौज्दातमा राख्न सफल भएको छ ।

स्मार्ट बोर्डको समेत प्रयागमा ल्याएको प्रभात नमुना मावि २०२५ सालमा स्थापना भई २०५२ सालमा पहिलो पटक आफना विद्यार्थीहरुलाई एसएलसिमा सहभागि गराएको थियो । २०६५ साल देखि १२ सम्म अध्यापनको थालनि गरेको विद्यालयमा अहिले कक्षा ११ र १२ मा ५ सय बढि विद्यार्थी रहेको विद्यालयका सहायक प्रध्यापक केशवराज रिजाल बताउछन ।

विद्यालयको स्वर्ण जयन्तिलाई देशकै पहिलो महिला राष्ट्रपति विद्यादेवि भण्डारीले सम्वोधन गरेको विद्यालयमा फिल्टर सहितको खानेपानीको ब्यबस्था, यातायातको ब्यबस्था समेत रहेको छ ।

विद्यालयका सञ्चालक समितीका अध्यक्ष समेत पुर्व सिंचाई राज्य मन्त्रि हुन । निति निर्माण तहमा पुगिसकेका ब्यक्ति अध्यक्ष भएको विद्यालयले दिन दुई गुणा रात चौगुणा विकास गर्नेमा बाँके पत्रकार महासंघका उपाध्यक्ष संगिन शर्माको विश्वास रहेको छ ।

सभालाई समापन मन्तब्य ब्यक्त गर्दै बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष दल वहादुर सुनारले विद्यालयले पालिकामै उत्कृष्ट विद्यालयको स्थान ओगटन सफल भएको भन्दै शैक्षिक क्षेत्रलाई अझै सुधार गर्नको लागि आफूहरु युद्धस्तरमा लागि परेको बताए । विद्यालयमा भौतिक तथा शैक्षिक पूर्वाधाहरु प्रयाप्त मात्रामा भएको बताउदै अध्यक्ष सुनारले शिक्षा मानव स्रोत र विकास केन्द्रबाट कार्य सम्पादन मूल्याकंनका आधारमा यस क्षेत्रमा उत्कृष्ट विद्यालयको रुपमा आफनो विद्यालयले ५ लाख प्रोत्साहन प्राप्त गर्न सफल भएको बताउदै पालिका तथा जिल्ला स्तरीय अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ट स्थान प्राप्त गर्न सफल भएको बताए ।

शिक्षक, विद्यार्थीहरुले बिभिन्न कला कौशल तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन भने शिक्षकद्धय कृष्ण ज्ञवालि र भुल प्रसाद अधिकारीले गरेका थिए ।

  • २७ फाल्गुन २०८०, आईतवार प्रकाशित

  • Nabintech