२० बैशाख २०८१, बिहीबार

जैविक विबिधता संरक्षण गर्दै वाल ज्योती (फोटो कथा)

किट जन्य जिन बैंकको संरक्षणमा गोरखा स्कुल र गाभर होम स्टे

  • प्रमोद रिजाल

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा रहेको वाल ज्योती स्केण्डरी स्कुलले आफना वाल वालिकाहरुलाई प्रयोगात्मक अभ्याससंग जोडदै जैविक विबिधता संरक्षणमा समेत योगदान गर्दै आएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १२ मा रहेको सिर्जना सामुदायिक वन र बाल ज्योती सेकेण्डरी स्कुल बिच भएको सम्झौता बमोजिम बाल ज्योती स्कुलले करिब सात महिना अगाडि बालज्योति फिल्ड जिन बैंक मार्फत जैविक बिबिधता संरक्षण गर्दै पर्यावरण संरक्षणमा समेत टेवा पुरयाउदै आएको छ । विद्यार्थीहरुको मेहनतमा संचालन गरिएको वाल ज्योती फिल्ड जिन बैंकका रुपमा सिर्जना सामुदायिक वनमा रोपिएका बिरुवाहरुको आइतबार विद्यार्थीहरुद्वारा नै गोडमेल गरेका छन।

स्वच्छ र सुन्दर वातावरण अनि विद्यार्थीहरुलाई रैथाने बिरुवा र फलफुलकोबारे जानकारी दिनको लागि फिल्ड जिन बैंकको सुरुवात गरिएको बालज्योति सेकेन्डरी स्कुलका प्रीन्सिपल दामोदर पौडेल बताउछन। उनले विरुवा रोप्दा देखि फल्दा सम्मका सबै प्रक्रियाहरुलाई विद्यार्थी आफैले अवलोकन गर्ने गरि शुरु गरिएको वाल ज्योती फिल्ड जिन बैंकले बोटविरुवाको महत्व, संरक्षण बैज्ञानिक अनुसन्धान तथा रोप्ने तरिकाबारे बिद्यार्थीहरुलाई स्मरण गराउदै आजका विद्यार्थी भोलिका यीनै वनका उपभोक्ता हुन सक्ने भन्दै रैथाने र लोपउन्मुख विरुवा संरक्षण गर्न पनि विद्यालयले यो कार्यक्रमलाई लागु गरेको पौडेलको दावि रहेको छ ।

सिर्जना सामुदायिक वनका अध्यक्ष सुमन पौडेलले स्कुलले थालेको फिल्ड  जिन बैंकको अवधारणा निकै सान्दर्भिक भएको हुँदा सामुदायिक वनले खालि ठाउँमा बैंक संचालन गर्न दिएको बताए।  बिरुवा गोडमेलमा सामेल भएका विद्यार्थीहरुले सधै बजारमा अरुले उत्पादन र तयार गरेको फलफुल खाएको यसरि बिरुवा चिन्ने सम्म अवसर नपाएका हामिलाई प्रत्यक्ष रुपमा आफैले बिरुवा लगाएर आफैले हुर्काउने जिम्मा पाउदा निकै खुसि लागेको धारणा व्यक्त गरेका छन् ।

विद्यार्थीहरुलाई रैथाने बिरुवा बारे जानकारी अनि वातावरण र रुख बिरुवाप्रतिको महत्व बुझाउन विद्यालयले सामुदायिक बनको क्षेत्रमा आँप तथा लिचिका विरुवाहरु लगाउदै बाल ज्योती फिल्ड जिन बैंकको शुरुवात गरिएको संचालक लक्ष्मी सुवेदीले बताउछिन । बिरुवा नै नचिनेका विद्यार्थीहरुलाई यसरि फिल्डमै लगेर उनिहरुलाई अभ्यास गराउदा व्यवहारिक र सिपमुलक हुने हुँदा फिल्ड जिन बैंकको सुरुवात गरिएको सुवेदीको भनाई छ।

बिद्यालयका शिक्षक, बिद्यार्थी सामुदायिक वनका उपभोक्ता सहित आईतवार बिरुवाको गोडमेल गर्दै वाल ज्योती  फिल्ड जिन बैंकमा सहभागि वालवालिकाहरुले रैथाने तथा बहुमुल्य गरि ८० बढि विरुकाहरुको संरक्षण गर्दै आएका छन । ”एक विद्यार्थी एक विरुवा” हुर्काउने जिम्मा दिईएको भन्दै प्रिन्सिपल पौडेलले हुर्किएका विरुवाका फलहरुले जंगलि जनावर र चराहरुलाई समेत आहारा हुने र वाँदर गाउ पसेर वालिनाली नष्ट गर्नबाट समेत रोक्न सहयोग पुग्नेमा विश्वास ब्यक्त गरे ।

ईलाका वन कार्यालय कोहलपुरको प्राविधिक सहयोग र कृषि अनुसन्धान परिषद नार्कको संरक्षकत्वमा सञ्चालित वाल ज्योती फिल्ड जिन बैंकले बिभिन्न जडिबुटि समेत सिर्जना सामुदायिक वन क्षेत्र भित्र लगाई संरक्षण गर्दै आएको बताउदै वनका अध्यक्ष सुमन पौडेलले हामीले फिल्ड मात्र दिएका छौं विरुवा लगाउने, अनुसन्धान गर्ने र हुकाउने समेत उहाहरुको जिम्मा हो वन वातावरण संरक्षणमा वाल ज्योती स्कुलले देखाएको तदारुकतालाई म ह्दय देखि नै प्रशंसा गर्न चाहन्छु पौडेल भन्छन ।

नेपालमा विभिन्न ६ प्रकारका जिन बैंकहरुको संरक्षण र प्रर्बद्धन गर्दै आईएको मा किट जन्य जिन बैंकको संरक्षणमा गोरखा युनाईटेड पबिलक स्कुल र गाभर होम स्टेले योगदान गर्दै आएको छ । प्रत्यक्ष फिल्डमै आएर विज्ञान विषयमा अध्यन हुने विभिन्न विरुवाका चक्रहरु अध्यन गरिरहेको सन्दर्भमा यो प्रयोगात्मक अभ्यासले हामीलाई सिकाईमा थप निखारता ल्याएको वताउदै वाल ज्योती सेकेण्डरी स्कुल कक्षा ९ कि छात्रा प्रियन्का बोहराले ”लोपन्मुख र रैथाने बनस्पतिको संरक्षणमा अघि बढौ स्वदेशि उत्पादन र मानब स्वास्थ्यको रक्षा गरौ” भन्ने नाराका साथ वाल ज्योतीमा अध्यनरत विद्यार्थीहरुले वनस्पति संरक्षणमा एकजुट भएको बताईन ।

पछिल्लो समय रैथाने किट जन्य बस्तुको लोप हुनु, वनस्पतीहरु नासिनुले किसानहरुको उत्पादन समेत घटदै गएको र स्थानिय विउ विजनहरु मासिदै हाईब्रेड खेतीतर्फ किसानहरु आर्कषित हुन बाध्य भएको अबस्थामा अव पनि हामीले हाम्रो वातावरण, जैविक विबिधता, रैथाने वोटविरुवा तथा वालि संरक्षण नगर्ने हो भने किसानलाई समेत परनिर्भरतामा बाँच्न बाध्य पारिने डरलाग्दो अवस्था नआउला भन्न सकिन्न हामीले हाम्रो नासो पुस्तान्तरण पनि गर्नु छ भन्दै प्रिन्सिपल दामोदर पौडेलले हरेक सचेत नागरिकहरुले परमपरागत रैथाने बोट विरुवा ,वालि तथा विभिन्न छ प्रकारका जिन संरक्षणमा योगदान दिन अपरिहार्य समेत भईसकेको औंल्याएका छन ।

 

 

  • २८ फाल्गुन २०८०, सोमबार प्रकाशित

  • Nabintech