१५ बैशाख २०८१, शनिबार

नेपालगञ्जबाट ५ जना नियन्त्रणमा, १ करोड बढी रुपैया बरामद

स्रोत नखुलेको भारू ११ लाख र नेपाली ५७ लाख २८ हजार ७०० सहित नेपाली रुपैया ७४ लाख ८८ हजार ७ सय रुपैया फेला

  • न्युज मानसराेवर

नेपालगञ्ज:  बांके प्रहरीले आज सोमबार पनि नेपालगञ्ज अर्को हुण्डी कारोबारी अडडामा छापा मारेर करिब १ करोड बढी रुपैया फेला पारेको छ । हिजो आईतबार हुण्डी कारोबारीको अडडा नजिकैबाट ३ जना ब्यक्ती सहित ३९ लाख २० हजार रुपैया पक्राउ गरेकोमा आज सोमबार नेपालगञ्ज उप–महानगरपालिका वाडनम्बर ४ बस पार्क र पुष्पलाल चौक नजिक रहेको २ वटा छुटटा छुटटै होटेलमा छापा मारेर १ करोड १५ लाख ९२ हजार ७ सय रुपैया सहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बांके र राष्ट्रिय अनुसन्धान बांकेको स्रोतका अनुसार आईतबारको घटनापछी गरिएको छानबीनको क्रममा लामो समय देखि अबैध धन्दा गर्नेहरुको प्राप्त बिवरणहरुको आधारमा गरिएको अप्रेशनको क्रममा नेपालगञ्जको बस पार्क नजिक रहेका २ वटा होटेलमा सोमबार बिहान प्रहरी छापा मारेको थियो ।

बस पार्क नजिक रहेको होटेल सन्तोष दंगालीको कोठामा बसेका नेपालगञ्ज– १४ बस्ने ३५ बर्षिय रोहीत क्षेत्री,  दांग तुल्सीपुरका बताउने ४३ बर्षिय कृष्ण बिक र भारत निवासी राहुल जैसवाललाई नियन्त्रणमा लिएर गरिएको प्रारम्भिक छानबीनको क्रममा निजहरुबाट स्रोत नखुलेको भारू ११ लाख र नेपाली ५७ लाख २८ हजार ७०० सहित नेपाली रुपैया ७४ लाख ८८ हजार ७ सय रुपैया फेला पारेको छ ।

त्यसैगरि बसपार्ककै अर्को होटेल कालिका होटेलमा छापा मारेर छानबीन तथा खोज तलास गर्दा सो होटेलमा बसेका नेपालगञ्ज–१६ जैसपुरका ५० बर्षिय सलिम जोलाह र २५ बर्षिय आसिफ अन्सारीबाट ४ लाख ४० हजार भारतिय रुपैया र ३४ लाख नेपाली गरि ४१ लाख ४ हजार फेला पारेको छ ।

नेपालगञ्जमा पछील्लो समय सुन तथा नेपालबाट जडीबुटी भारत तर्फ तस्करी र भारतबाट भन्सार छलीका बिभिन्न सामानहरु आयात  तथा क्यासिनोमा जुवा खेल्ने लगायतका अन्य बिभिन्न गैर-कानुनी कामहरुमा समेत हुण्डी मार्फत पैसाको कारोबार भईहेको सन्दर्भमा प्रहरीले बिभिन्न स्रोतबाट प्राप्त सूचनाको आधारमा अप्रेशन हुण्डी सञ्चालन गरेको घटना क्रमले देखाएको छ ।

  • २८ फाल्गुन २०८०, सोमबार प्रकाशित

  • Nabintech