२१ बैशाख २०८१, शुक्रबार

माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पुरा
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी सकिएको जनाएको छ । यस वर्षको एसइई परीक्षा आगामी चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुँदैछ ।
परीक्षाको लागि देशभर २ हजार ५७ वटा परीक्षा केन्द्र तोकिएका छन् । जापानमा समेत एउटा परीक्षा केन्द्र तोकिएको छ । यस वर्षको परीक्षाका लागि चार लाख ८९ हजार परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ ।
सरकारले नयाँ लेटरग्रेडिङ निर्देशिका जारी गरेको २ वर्षपछि बल्ल एसइईमा ‘नन ग्रेडेड’ गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउँदै छ । बोर्डले यो वर्षको एसइईमा ३५ प्रतिशतभन्दा कम ल्याए नन ग्रेडेड अर्थात् विद्यार्थीहरू फेल हुने जानकारी दिइसकेको छ ।
त्यस्तै फेल भएकाहरूको हकमा ३ पटकसम्म मौका परीक्षा दिन पाइने छ । निर्देशिकाअनुसार मूल प्रमाणपत्र प्राप्त गर्न नसकेका विद्यार्थी ३ पटकसम्म २ विषयमा ग्रेड वृद्धि परीक्षामा संलग्न हुन पाउनेछन् ।

  • ३० फाल्गुन २०८०, बुधबार प्रकाशित

  • Nabintech