२० बैशाख २०८१, बिहीबार

शिक्षाप्रेमि गोविन्द चौधरीको अविछिन्न यो शैक्षिक यात्रा

निजि स्कुल खोल्ने र कमाउने केहि शैक्षिक माफियाहरुका अगाडि एक शतिसाल

  • प्रमोद रिजाल

कोहलपुर,बाँके: उनले जीवनमा हार खाने कुरै थिएन । बाँकेको जुम्ला भनेर चिनिने राप्ति पारिका क्षेत्र जोडने पुल थिएन । घाँटि सम्म पानी भित्र बाईक डोरयाउदै किनारामा आएर उनले सुस्केरा हाल्दै भने जिउन कठिन मात्र हैन रहेछ अनुभवको संगालो कमाउने कडि पनि रहेछ ।
प्लान ईन्टरनेशनलमा वालवालिकाहरुसंग उनी आफै पुलको काम गर्थे, आफनो परिवार, गाउँ समाज त्यागेर आफनो जीवन वनाउन कोहलपुर आएको एक थारु किसानको छोरो आफै अलमलमा नपर्ने कुरै भएन यो खरानि बिक्रि हुने शहरमा । तर साथ संगत र दृड इक्षा शक्तिले उनले आफनो पढाइलाई भने निरन्तरता नदिने कुरै भएन निरन्तर शंघर्षबाट खारिदै आफनो राष्ट्रसेवक बन्ने सपनाको अवसान पछि उदाएको एक तारा थिए ती गोविन्द चौधरी ।

सरकारी जव छोडेपछि केहि समय अन्नपुर्ण पोष्टमा काम गरेका चौधरीले प्लानमा गरेको कामलाई आफनो अनुभव, ज्ञान, शिप र शिल्प तथा कलालाई आफनो गाउमा शैक्षिक क्षेत्रमा जोडिएर लागु गर्न चाहे तर दिमागमा ज्ञान, हातमा सिप भएर मात्र भएन, उनी सँग द्रव्य भने थिएन ।
भवगानले तँ आँट म पुरयाउछु भनेको उक्ति भने सुनेको थियो उनले । आँटले खाने कि ढाँटले खाने दुई विकल्प लिएर कर्जा लिन बैंक गएका चौधरीले सफलता संगै विद्यालयको न्वारन गर्न सफल भए ।

प्रि प्राईमरिमा पुरै मन्टेश्वरी विधि र प्लान ईन्टरनेशनलमा लिएको ज्ञानको भरपुर प्रयोगमा आफनो विद्यालयलाई ढाल्दै गएपछि ब्राईटलाईटको गुडविल समेत बढदै गएपछि हौसिएका जानकि र गोविन्दले समय काल परिस्थितीसँग जुध्दै कक्षा १० सम्म विद्यालयलाई लैजान सफल भए ।
बाँकेको उत्तर पश्चिम क्षेत्र घना बस्ति भएको बस्ति हो यहाँ बसोवास गर्ने अभिभावक उती शिक्षित नभएपनि आफना सन्ततीहरुलाई भने सर्वोत्कृष्ट हुनेगरि शिक्षित वनाउने हुटहुटि आफनो सपनामा कुदेका छन । अभिभावकहरुको साथ, सहयोग र सल्लाह बमोजिम ब्राईटलाईटले अन्तत १२ कक्षा सम्म आफना विद्यार्थीहरुलाई बिभिन्न शैक्षिक टुल्सको प्रयोग गर्दै शिक्षा प्रदान गर्न सफल भएको छ ।

दुखको आधारबाट निस्किएका चौधरीले अभिभावकका दुख सुखमा समेत साथ दिंदै आएका छन । निजि स्कुल खोल्ने र कमाउने केहि शैक्षिक माफियाहरुका अगाडि एक शतिसाल जस्तै कोहलपुर नगरपालिका वडा नं. १ मा रहेको ब्राईटलाईट एकेडेमिले आजका मिति सम्म विद्यार्थीको भविष्य खोज्दै अध्यन अध्यापनको कार्यलाई निरन्तरता दिंदै आएको छ ।

२०६४ सालमा स्थापना भएको ब्राईट लाईट एकेडेमीमा अहिले करिवन ७ सय बढि वाललालिकाहरुले अध्ययन गरिरहेका छन । ६३ जनाले छात्रवासमा नै वसेर आवासिय शिक्षा लिईरहेका छन भने कक्षा ८ र कक्षा १० का विद्यार्थीहरुको परिक्षा तयारीका लागि विद्यालयले आफना विद्यार्थीहरुलाई प्रि टेष्ट र शैक्षिक पुनरावलोकनका कार्यक्रमलाई तिब्रता दिएको छ । एसईई र कक्षा ८ को परिक्षा विद्यालय भन्दा वाहिरबाट हुने र उनीहरुको उत्कृष्ट नतिजाकालागि विद्यालयले विद्यार्थीहरुलाई थप क्रियाशिल वनाउदै लगिएको विद्यालयका सहायक प्रिन्सिपल अरुण कुमार यादव वताउछन ।

वालमैत्रि तथा पारीवारिक वातावरण भएकै कारण पनि अभिभावकहरु वालवालिकाहरुको सबै कुराको जिम्मा विद्यालयलाई नै दिने गरेको अनुभव छ संस्थापक तथा प्रिन्सिपल गोविन्द चौधरीको । कक्षा ६ सम्म सेक्सनमा विभाजन गरि आफना वालवालिकाहरुलाई अध्यापन गराउदै आएको ब्राईट लाईट एकेडेमीले ३५ जना जनशक्ति परिचालन गर्दै गुणस्तरीय शिक्षा दिने जर्मको गर्दै आएको छ । निजि विद्यालयहरुको भिडमा बिछट्टै पहिचान वनाउन सफल विद्यालयको यो ग्रोथलाई संस्थापकहरुको लगनशिलता, विश्वशनियता र अपनत्वको भावना नै भएको वताउछन ब्राईट लाईट एकेडेमीका अभिभावक । नम्र ब्यबहार, मिठो वोलि, मिजासिलो आर्थिक सम्यम्ता र वालवालिका प्रतिको बलिष्ठ उत्तरदायित्ववहन गर्ने क्षमता वोकेका फाउण्डर र शिक्षकहरुको उपजले नै आज ब्राईटलाईट एकेडेमीले आज उचाई चुमेको दावि गर्छ बैजनाथ ३ का अभिभावक विवेक थारु ।

पुर्ण मन्टेश्वरी विधिद्धारा प्रि प्राईमरिका वालवालिकाहरुलाई अध्यापन गराईरहेको ब्राईट लाईट एकेडेमीले कम्युटर ल्याव, लाईब्रेरीमा समेत विद्यार्थीहरुलाई पहुचमा राख्न सफल भएको छ । पावर प्वाईन्टको प्रयोग गर्दै स्माटवोर्डको माध्यमबाट पढाई हुने ब्राईटलाईटमा विद्यार्थीहरुको चाहना अनुरुप हप्ताको ५ दिन कोर्षको पढाई र १ दिन अतिरीक्त क्रियाकलाप, प्रयोगात्मक अभ्यास र खेलकुदका कार्यक्रमहरु समेत हुने गरेको सहायक प्रिन्सिपल यादव बताउँछन ।

२०७६ सालदेखि कक्षा ११ मा ब्यबस्थापनमा कम्प्युटर साईन्स र शिक्षा संकायमा स्वास्थ्य, अंग्रेजी, गणित र नेपाली विषयमा अध्यापन प्रक्रियालाई निरन्तरता दिंदै आएको ब्राईटलाईट एकेडमिले यस बर्षदेखि भने होटेल म्यानेज्मेन्टलाई समेत जोडने संकल्प गरेको छ ।
वाईफाई जडित स्मार्ट बोर्डमा शिक्षकहरु विद्यार्थीहरुको रुचि बमोजिका बिषय बस्तुहरुलाई समेटेर सिकाउने गरेका छन । उनीहरुले मनोरञ्जनात्मक सामाग्रिदेखि शिक्षाका टुल्सहरु समेत प्रयोग गर्दा विद्यार्थीहरुलाई विद्यालय समय पत्तै नहुने कक्षा ७ मा अध्यनरत छात्रा प्रकृती उपाध्यायले न्युज मासरोवरसंगको भेटमा भनिन ।

प्रि प्राईमरिमा बुक अनिवार्य नगराएको भन्दै संस्थापक गोविन्द चौधरीले विद्यालयमा गरिने बुक वर्कलाई संगालोको रुपमा निकालेर अभिभावक समक्ष समेत मुल्यांकनका लागि पठाउने परिवाटि ब्राईटलाईटमा भएको बताउछन । कन्टेनका लागि शिक्षकहरुले बुक प्रयोग गर्ने गरेको भन्दै चौधरीले कक्षा ५ सम्म ५ वटा विषयको मात्र पढाई हुने र अन्य २ बिषयका रुपमा बिभिन्न सन्देश एबं चेतनामुलक विषय बस्तु मार्शल आर्ट, तेक्वान्दो, विभिन्न अन्य खेलहरुका साथ साथै पाक शिक्षा र प्रयोगात्मक अभ्यासलाई जोडिरहेको बताए ।

विद्यालयको गुडविलको स्तरबृद्धि गर्दै विद्यार्थीहरुलाई अनुशासन कायम गराउने, कुलत रहित विद्यार्थी उत्पादन गर्ने, कार्यलाई समेत जोड दिएको विद्यालयले ब्यबहारिक र सामाजिक जीवन नबुझे सम्म उनीहरुको जीवन अधुरो हुने भएकाले त्यसतर्फको शिक्षा दिन समेत विद्यालय नचुकेको सहायक प्रिन्सिपल यादवको भनाई छ ।

अतिरिक्त क्रियाकलाप अन्तरगत क्रिसा, नगर स्तरिय खेलकुद होस वा जिल्लामै सञ्चालित राष्ट्रपति रनिङ्ग शिल्डमा नै किन नहोस २०७२ सालदेखि छात्र भलिवलमा निरन्तर स्वर्ण पदक जित्न सफल भएका यस विद्यालयका वालवालिकाहरु खेलमा समेत अव्वल सावित हुदै गएका छन ।

विद्यालयको स्थापनाकालदेखि निरन्तर विद्यालयमा अध्यापनरत दुर्गा श्रेष्ठले निरन्तर अभिभावकहरुसंग गर्ने कोडिनेट गर्नुका साथै त्रैमासिक रुपमा अभिभावक भेला गर्ने उनीहरुका समस्या कलेक्सन गर्ने र समस्या समाधानका खाका समेत तय गर्दै आएकी छिन ।

विद्यालयकी कार्यवहाक प्रिन्सिपल समेत रहेकी श्रेष्ठको वाक कला र मनिटरीङको पाटोले समेत विद्यालयलाई कुन दिशामा गति दिने भन्ने योजना तर्जुमा सहज भएका भन्दै संस्थापक चौधरीले शिक्षकको निरन्तरता पनि अभिभावकहरुले विश्वास गर्ने विद्यालयको मुख्य पाटो रहेको अनुभव वताउछन ।

ब्यबहारीक ज्ञानलाई समेत जोडदै आएको विद्यालयले दक्ष जनशक्ति उत्पादनमा टेवा पुगोस भन्ने हेतुले आफना विद्यार्थीहरुलाई अतिरीक्त समयमा ग्रुपवाइज प्लम्विङ्ग,वाईरिङ्ग, वल्डिङ्ग, समोसा जेरि वनाउने विधि खानाका परिकार वनाउने तौर तरिका समेत सिकाउदै आएको छ ।
साढे आठ कठ्ठामा फैलिएको विद्यालयले होटेल म्यानेज्मेन्ट अध्यन गर्ने विद्यार्थीहरुका लागि होटेल ल्याव, साईन्स बिषयका विद्यार्थीहरुलाई साईन्स ल्याव, कम्प्युटर पढने विद्यार्थीहरुका लागि कम्प्युटर ल्यावको समेत यथेष्ट रुपमा ब्यबस्था गरेको छ ।

विद्यालयले आफना तीन वटा भवन मार्फत आफनो शैक्षिक गतिबिधिलाई निरन्तरता दिंदै आएको छ भने प्रत्यक कक्षा कोठामा तीस जना भन्दा विद्यार्थी नराख्ने रणनिति अनुरुप सेक्सनहरुको समेत ब्यबस्था गरेको छ । वातावरण अनुकुल हुनेगरि निर्माण गरिएका कक्षा कोठाहरुमा अव प्रबिधिमैत्रि शिक्षण विधिहरु थपिंदै जाने विद्यालयको सोच रहेको संस्थापक चौधरीले निजि तथा आवासिय विद्यालयहरुले अस्वस्थ प्रतिस्पर्धालाई निरुत्साहित गर्न गरेका सम्झौता र निण्र्नयहरु अक्षरस लागु गर्नुपर्ने धारणा ब्यक्त गर्छन ।

भिडियो

  • १ चैत्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech