२१ बैशाख २०८१, शुक्रबार

ब्राईटलाईट एकेडेमिले विदाई गर्यो आफना यी विद्यार्थीलाई
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका वडा नं. १ मा रहेको ब्राईटलाईट एकेडेमिले यो वर्ष एसईइ दिने ३३ जना विद्यार्थीहरुलाई विद्यालयको तर्फबाट विदाई गरेको छ ।

राँझा स्थित अन्डरल्यानड होटेलमा एक बिषेश कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरुको शनिवार विदाई गरिएको विद्यालयका सहायक प्रिन्सिपल अरुण कुमार यादवले न्युज मानसरोवरलाई जानकारी दिए ।

विदाई कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल गोविन्द चौधरीले एसईइ पछि युग सुहाउदो विषय लिएर अध्यन गर्न सुझाव दिंदै आफनो जिवनमा प्रयोगमा आउने प्राविधिक तथा ब्यबहारिक शिक्षाले विद्यार्थीहरुको जवनमा समेत सार्थकता ल्याउने वताए ।

अहिलेको यो आधुनिक युगमा प्राबिधिक विषयको पनि उक्तिकै भएको भन्दै विद्यार्थीहरुलाई आफनो विद्यालयको नाम रोशन गर्ने गरि विद्यार्थीहरुको रिजल्ट आउने समेत चौधरीले विश्वास ब्यक्त गरे ।

मेहनत अनुसारको अवश्य फल प्राप्त हुने भन्दै संस्थापक प्रिन्सिपल चौधरीले आफनो विद्यालयमा अध्यन गरेर एसईइको तयारीमा रहेका विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गर्दै परिक्षा हलमा नआत्तिन र नहतारीएर परिक्षा दिन समेत सुझाव दिए ।

  • ४ चैत्र २०८०, आईतवार प्रकाशित

  • Nabintech