२४ बैशाख २०८१, सोमबार

सामाजिक उद्यमी जिल्ला सहकारी संघको ८ औं बार्षिक साधारण सभा ढकेरीका सम्पन्न

संघ अव नयाँ भिजनका साथ गाउ गाउका किसानमाझ जानुपर्ने

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: सामाजिक उद्यमी महिला सहकारीहरुको छाता संगठन सामाजिक उद्यमी जिल्ला सहकारी संघको ८ औं बार्षिक साधारण सभा शनिवार राप्ति सोनारी ९ ढकेरीका सम्पन्न भएको छ ।

जिल्लामा क्रियाशिल १७ वटा उद्यमी महिला सहकारीहरुबाट प्रतिनिधित्व गर्दै २०७२ सालमा छाता संगठनको रुपमा स्थापित जिल्ला सहकारी संघले आफनो बार्षिक उत्सवका अवसरमा शेयर सदस्यहरुमाझ बार्षिक प्रगति प्रतिवेदनका साथै आर्थिक प्रतिवेदन समेत प्रस्तुत गर्दै अनुमोदन गराएको छ ।

संस्थाका अध्यक्ष बसन्ति सुनारले प्रगति प्रतिवेदन र कोषाध्यक्ष दुर्गा पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्दै सहकारी संघलाई आगामि दिनहरुमा रणनैतिक रुपमा सफल पार्न सवैको साथ सहयोग र सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गरिएको छ ।


कार्यक्रमका प्रमुख अतिथी एबं राप्ति सोनारी वडा नं. ९ का वडा अध्यक्ष सोहनलाल थारुले सहकारी संघ अव नयाँ भिजनका साथ गाउ गाउका किसानमाझ जानुपर्ने भन्दै किसानवाट उत्पादित खसी बाख्राहरुको सहज वजारीकरणमा मुख्य भुमिका खेल्नुपर्ने बताए ।
उनले बधसाला अत्यावश्यक भई सकेको सन्दर्भमा किसानहरुको हौसला बढाउन पनि संघले बधशाला निर्माणका निम्ति पहल गर्नुपर्ने र पालिकाबाट आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

किसानहरुले उत्पादन गरेका खसी बाख्रा खरिद विक्रिमा विचौलियाहरुलाई निरुत्साहित गर्दै सहकारीले नै खरिद बिक्रि गर्ने प्रबन्ध निकै स्राहनिय कार्य भएको बताउदै वडा अध्यक्ष चौधरीले यसको दिगोपना र निरन्तरतालाई संघले ख्याल राख्नुपर्नेमा जोड दिए ।
किसानमैत्रि संघ आफैमा अलमलमा पर्न नहुने वताएका चौधरीले संघले लेना देना हिसाव फरफारक गर्न उच्च प्रथामिकताका साथ लाग्नुपर्ने बताए ।

हेफर ईन्टरनेशनलका प्रबन्धक प्रकाश के.सि.ले परीयोजना समाप्त संगै केहि सहकारीमा विचलन आउन लागेको प्रति चिन्ता ब्यक्त गर्दै कार्ययोजना सहित आए पुन परियोजना सञ्चालन गर्दै सहकारीहरुलाई सवल र सक्षम बनाउन हेफर तयार रहेको जिकिर गरे ।
१७ सहकारीका १५ हजार बढि सदस्य रहेका सहकारीहरुलाई संगठित गरेको प्रति संघलाई धन्यबाद प्रकट गर्दै केसिले वातावरणमैत्रि पद्धतीद्धारा पालिएका स्वस्थ्य पशु चौपाया उत्पादनमा मुख्य रुपमा जोडदै किसानहरुलाई आय आर्जनमा पुलको काम गर्न पनि सुझाव दिए ।
जिल्ला सहकारी संघकी अध्यक्ष वसन्ति सुनारको अध्यक्षतामा भएको आठौं साधारण सभामा स्वागत मन्तब्य संघकी उपाध्यक्ष सुनिता खाँ ठकुरीले गरेकी थिईन ।

सेवा नेपालका केन्द्रिय सदस्य विजुला अधिकारी लगाएत बिभिन्न सहकारीका अध्यक्ष तथा ब्यबस्थापकहरुको उपस्थित कार्यक्रमको सञ्चालन संघकी सचिव लालमाया पाण्डेले गरेकी थिईन ।

  • १० चैत्र २०८०, शनिबार प्रकाशित

  • Nabintech