२७ बैशाख २०८१, बिहीबार

कोहलपुर १३ भरैयामा उद्योग बाणिज्य संघको नि:शुल्क स्वास्थ्य शिविर
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: कोहलपुर उद्योग बाणिज्य संघको आयोजना तथा नागरिक पोलिक्निक एबं उज्जव मेडिकल हललको प्राविधिक तथा औषधि सहयोगका साथ शनिबार कोहलपुर नगरपालिका वडा नं. १३ भरैयामा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सामाजिक उत्तरदायित्व वहन गर्दै ग्रामिण स्तरका नागरिकहरुको नि:शुल्क स्वास्थ्य परिक्षण गर्दै आषधि वितरण समेत गरिएको कोहलपुर कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले न्युज मानसरोवरलाई बताएका छन ।

कोहलपुर नगरपालिका वडा नं. १३ का स्थानियहरुको उलेख्य सहभागिता रहेको स्वास्थ्य शिविरमा शिक्षण अस्पताल कोहलपुरका चिकित्सक डा.देवेन्द्रराज आचार्य चिकित्सकहरु दुर्गा विसि रावत दिव्य ढुगांनाले स्वास्थ्य परिक्षण गर्दै रोग निदानका लागि औषधि समेत वितरण गरेका थिए ।
कोहलपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष द्धय परदिप भट्टराई, चण्डि प्रसाद गैरे, महासचिव मात्रिका सापकोटा लगाएत पदाधिकारीहरुको सक्रिय सहभागितामा आयोजित स्वास्थ्य शिविरमा १ सय १६ जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।

स्वास्थ्यकर्मिहरु गेहेन्द्र केसि, पवित्रा ढकाल,पुष्कर योगि र सुष्मा कुमालले सहजिकरण गरेको स्वास्थ्य शिविरमा रोगको पहिचान पश्चात औषधि समेत वितरण गरिएको थियो ।

नगरपालिका भित्रका आम नागरिकहरुले आफनो स्वास्थ्यमा समेत ख्याल गर्न अभिप्ररीत गर्दै सचेतना समेत फैलाउने गरि आयोजित स्वास्थ्य शिविरलाई आगामि दिनमा अभियानका रुपमा लैजाने अध्यक्ष पौडेलले जनाएका छन ।

  • ११ चैत्र २०८०, आईतवार प्रकाशित

  • Nabintech