२५ बैशाख २०८१, मंगलवार

विश्व क्षयरोग दिवसमा नेपालगञ्जमा र्याली

लगातार दुई हप्ता बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुने लक्षण क्षयरोगको हुनसक्ने

  • न्युज मानसराेवर

नेपालगञ्ज: आज विश्व क्षयरोग दिवस, विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाउँदै आइएकोमा यस वर्षको विश्व क्षयरोग दिवसको नारा ‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ (YES WE CAN END TB) भन्ने तय गरिएको छ ।

दिवसको अवसरमा नेपालगञ्जमा र्याली निकालिएको छ । स्वास्थ्य कार्यालय बाँकेको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिका र विभिन्न संघसंस्थाहरूको समन्वयमा आयोजित र्यालीमा स्वास्थ्यकर्मी र सरोकारवालाहरुको उपस्थिति थियो । स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीको अध्यक्षतामा भेरी अस्पतालबाट सुरू भएको र्याली नेपालगञ्ज उपमहानगरपालिका कार्यालय अगाडि पुगेर समापन भएको क्षयरोग फोकल पर्सन रविन्द्र कुमार साहले बताए ।

May be an image of 9 people and text

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख रामबहादुर चन्द लगायतले मन्तव्य ब्यक्त गरेका थिए । बक्ताहरुले क्षयरोग नियन्त्रणका लागि जनचेतना र परीक्षण आवश्यक रहेको बताए । बाँकेमा चालू आर्थिक बर्षको हालसम्म ५३९ जना क्षयरोगी थपिएको क्षयरोग फोकल पर्सन साहले जानकारी दिनुभयो ।

क्षयरोगमध्ये सबैभन्दा बढी ८५ प्रतिशत क्षयरोग फोक्सोको हुने गरेको छ । लगातार दुई हप्ता बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुने लक्षण क्षयरोगको हुनसक्ने चिकित्सकहरु बताउँछन् ।

  • ११ चैत्र २०८०, आईतवार प्रकाशित

  • Nabintech