२७ बैशाख २०८१, बिहीबार

नेपालगञ्जको धम्बोझीमा आधुनिक योगा भवन निर्माण हुँदै
  • न्युज मानसराेवर

नेपालगन्ज:नेपालगन्ज उपमहानगरपालिका –१ वाटरमा आधुनिक शैलीको योग भवन निर्माणको कार्य शुरु गरिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको सहयोगमा योग भवन तथा खोप केन्द्र निर्माण गर्न लागेको हो । भवन निर्माणका लागि लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले चालु आवमा २० लाख बजेट विनियोजन गरेको छ ।

एकैसाथ १०० जनाभन्दा बढीले योग गर्न मिल्ने भवन निर्माणका लागि कार्य अगाडि बढाइएको छ । भवनमा योगा हल तथा खोप केन्द्र निर्माणको कार्य भइरहेको नेपालगन्ज उपमहानगरपालिकाका १ नम्वर वडाका वडा अध्यक्ष प्रमोद रिजालले बताउनुभयो ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको सहयोगमा योग भवन तथा खोप केन्द्र निर्माणका लागि रु २० लाख रकम खर्च गरी योगा हल तथा खोप केन्द्र निमार्ण कार्य आगामी आवमा भवन निर्माणका सम्पन हुने छ ।

भवन निर्माण पूरा गर्नका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले भवन निर्माण भएपछि यस क्षेत्रका स्थानीयवासीले योगाबाट लाभ लिन सक्ने वडा अध्यक्ष रिजालले बताउनुभयो ।

  • १३ चैत्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech