१५ बैशाख २०८१, शनिबार

भन्सार छलिको सामान बाँके प्रहरीद्धारा बरामद
  • न्युज मानसराेवर

नेपालगन्ज:नेपालगन्ज उपमहानगरपालिकाको बिभिन्न स्थानबाट अबैध भन्सार छलिको सामान बाँके प्रहरीले बरामद गरेको छ। बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको लेडिज कुर्ता सुरवाल, माउन्टेन ड्यु, टायल मार्वल सहितका सामानहरु बरामद गरिएको हो।

प्रहरीका अनुसार, बरामदका सामान अंन्दाजी मुल्य रु. १,५७,८००।- (एक लाख सन्ताउन्न हजार आठ सय) बराबर रहेको छ । सामान ल्याउदै गरेको अवस्थामा फेला पारी ढुवानीमा संलग्न साईकल र मानिस सहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ।

  • १६ चैत्र २०८०, शुक्रबार प्रकाशित

  • Nabintech