४ जेष्ठ २०८१, शुक्रबार

कोहलपुर नगरले सञ्चालन गरेको कक्षा ८ को रिजल्ट फेक – भाग १

मेयर साप निकै गम्भिर हुनुहुन्छ दोषि भेटिए कोहि पनि उम्कन पाउने छैनन , निर्ममतापुर्वक कारवाहि हुन्छ

  • प्रमोद रिजाल

कोहलपुर,बाँके: कोहलपुर नगरपालिकाद्धारा सञ्चालन गरेको आधारभुत तह उतीर्ण परीक्षा सम्पन्न पश्चात प्रकाशित गरेको रिजल्ट शैक्षिक माफियाहरुको संल्गनतामा फर्जि तरीकाले प्रकाशित गरेको प्रमाण न्युज मानसरोवरले फेला पारेको छ । वडा अध्यक्ष समेत खटाई ताम झामका साथ सम्पन्न परीक्षाको रिजल्ट फर्जि आउनुले कोहलपुरलाई वास्तविक रुपमा शैक्षिक हव देख्न चाहनेहरुका लागि भने निकै चुनौतिपुर्ण अवस्था सिर्जना गरिएको जानकारहरु वताउछन ।

न्युज मानसरोवरलाई प्राप्त प्रमाणमा कुनै एक विद्यालयको विज्ञान विषयको परीक्षाको नतिजामा शिक्षकले तयार पार्दा ५ जना फेल अर्थात नन ग्रेड भएको देखिन्छ तर नगर शिक्षाले प्रकाशित गरेको रिजल्टमा भने उक्त विद्यालयको रिजल्टमा १ जना मात्र फेल अर्थात नन ग्रेड देखाई बाँकिलाई सहुलिएत दिएको पाईएको छ ।

यसरी सहुलिएत दिई पास गराउदा कतै पैंसाको चलखेल त भएको होईन कोहलपुर नगरले गठन गरेको छानविन समितीको प्रतिवेदनले औंल्याउला तर यसरी पास गराउने गिरोहले कतै फेल पनि गराएको हुन सक्ने आशंका गर्ने प्रसस्त आधारहरुको जग यो प्रमाण वनेको छ । कतिपय विद्यालयहरुका सञ्चालक तथा विद्यालय ब्यबस्थापन समितीका अध्यक्षहरुले विद्यालयको रिजल्ट प्रति असन्तुष्टि जनाउदै पुन: कपिमा उल्लेख बमोजिमको रिजल्ट तयार पारी प्रकाशित गर्नुपर्ने धारणा राखेका छन ।

यो प्रतिनिधि प्रमाणलाई विश्लेषण गर्नेहरुले कक्षा ८ को रिजल्टप्रति विश्वास गर्ने वातावरण नभएको वताएका छन । भ्रष्टाचार आरोपित ब्यक्तिले नेतृत्व गरेको विद्यालयलाई सर्वोउत्कृष्ट वनाई निजलाई दुधले नुहाएको साधु वनाउने प्रयास गरिएको छ । निजकै दवाफमा कोहलपुर २ मा रहेको लक्ष्मि माविको रिजल्ट २० प्रतिशत भन्दा नबढने गरि वनाउन निर्देशन बमोजिम माफियाहरुले सोहि वमोजिम रिजल्ट तयार पारेका समाचार प्राप्त भएको छ । निजले फोनमा कुनै अमुक ब्यक्तिसंग कुरा गर्दै उक्त ठाडो निर्देशन दिएका हुन । उनले आफनो बढाई चढाई गर्न एक  पत्रकारलाई प्रयोग गर्दै विद्यालय र आफनोबारे केहि दिन अघि मात्र रिर्पोट तयार पारी प्रकाशित गर्न लगाएका थिए ।

निजिका केहि विद्यालयलाई प्रोत्साहन र केहिलाई निरुत्साहन गर्ने तरीकाले मनोमानि रुपमा तयार पारीएको रिजल्ट सिटले सरकारी विद्यालयलाई भने पुरै हतोत्साहि पारेको छ । सरकारी बजेटको खोला बग्ने सरकारी स्कुलको यो नतिजाले राजनैतिक जालझेल तिगडमवाज र भाषणमा मात्र कोहलपुर शैक्षिक हव भन्ने कुरामा सिमित भएको छ ।

नगर प्रमुख पुर्ण प्रसाद आचार्य र नगर शिक्षा शाखा प्रमुख राम वहादुर हमाललाई समेत गुम्ह्रामा पार्दै नगर शिक्षा अधिकृत रविलाल मिजारले यस पटकको कक्षा ८ को रिजल्ट प्रकाशित गर्दा मात्र नभई शिक्षाका हरेक गतिविधिहरुमा निकै चलखेल गर्ने गरेको शैक्षिक अभियान्ता तथा भुक्तभोगिहरुको आरोप छ ।

यस बिषयमा उनलाई पटक पटक उनको ९८४१८………….२१९ मा फोन सम्पर्क गर्दा उनले फोन रिसिभ गरेनन । उनका हाकिम राम बहादुर हमाल र नगर प्रमुख पुर्ण प्रसाद आचार्यको समेत फोन उठेन । नगर प्रमुखलाई एसएमएस गरि अर्जेन्ट छ कल गर्नुहोला भन्दा समेत ब्याक कल नआएपछि यो रिजल्टप्रति थप आशंका पैदा भएको छ ।

यद्यपि यो समाचार तयार पार्दा सम्म नगरले गम्भिर त्रुटि भन्दै एक छानविन समिती गठन गरेको अपुष्ट समाचार प्राप्त भएको छ सो समितीले यस परिघटनालाई निकै गम्भिरतापुर्ण रुपले ग्रहण गरेको र नगर प्रमुख समेत यो घटनाको सुक्ष्म रुपले अनुसन्धानमा लागेको स्रोतले न्युज मान सरोवरलाई बताएको छ ।

”’मेयर साप निकै गम्भिर हुनुहुन्छ दोषि भेटिए कोहि पनि उम्कन पाउने छैनन , निर्ममतापुर्वक कारवाहि हुन्छ” नगर श्रोत भन्छ यो केशमा नगरपालिका निर्मम हुने तयारी गरेको छ  दोषी भेटिए कोहि बच्दैन ।

यसै बिषयलाई लिएर कोहलपुर १० मा रहेको जिवन ज्योती स्कुलमा समेत आश्चर्यजनक रुपमा ए प्लस मात्र आएको नतिजा समेत आशंकाको घेरामा परेको छ के सवै ए प्लस नै आएका हुन ? कि केहि चलखेल छ छानविन गरियोस शिक्षा अभियान्ताहरुको जोड छ ।

  • २६ चैत्र २०८०, सोमबार प्रकाशित

  • Nabintech