२० बैशाख २०८१, बिहीबार

कोहलपुर नतिजा प्रकरण : नेविसंघको पनि ध्यानाकर्षण
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: कोहलपुर नगरपालिका नगर शिक्षाले आधारभुत तह उतीर्ण परीक्षा सम्पन्न पश्चात प्रकाशित गरेको रिजल्ट शैक्षिक माफियाहरुको संल्गनतामा फर्जि तरीकाले प्रकाशित गरेको समाचार बाहिरियसंगै विभिन्न पार्टि तथा तीनका भातृ संघ संगठनहरुले आफनो ध्यानाकर्षण गर्नेक्रम जारी रहेको छ ।

नेविसंघ जिल्ला कार्यसमिती बााकेले समेत एक बिज्ञप्ति जारी गर्दै कोहलपुर नगरपालिकाले गरेको शैक्षिक शत्र २०८० को आधारभुत तह बिएलईको बार्षिक परिक्षाको नतिजा प्रकाशित गर्दा गम्भीर प्रकारको मिलेमतो भयको भनी अनलाइन मिडियामा आयको तथ्य सहितको समाचारप्रती आफनो संगठन नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति बाँकेको गम्भीर ध्यानाकर्षण भयको जनाएको छ ।

जिल्ला अध्यक्ष उपेन्द्र बहादुर विष्टद्धारा हस्ताक्षरित विज्ञप्तिमा छानवीन गर्न भनी नगर सरकारले छानबिन समिति गठन गरेता पनि छानवीनमा भयको ढिला सुस्तिले गर्दा छानबिन समिती माथी पनि संका उपसंका उब्जिएको बताएईएको छ भने यथाशिघ्र छानबिन गरि दोषीलाई निलम्बन गरि कार्वाहीको दायरामा ल्याउन हाम्रो संगठन नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति बाके जोडदार माग गर्दछ विज्ञप्तिमा भनिएको छ ।

२४ घण्टा भित्र सत्य तथ्य छानबिन गरि सार्वजनिक नगरेमा नेविसंघले चरणबद्ध रुपमा आन्दोलन गर्ने घोषणा गर्ने उल्लेख गर्दै नेविसंघले आन्दोलनबाट हुने सम्पुर्ण क्षेती स्वयम स्थानीय शिक्षा शाखाले लिन पर्ने समेत चेतावनि दिएको छ ।

  • २७ चैत्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech