२० बैशाख २०८१, बिहीबार

बागेश्वरी क्याम्पसको प्रमोट गर्न भोलि संगित सहितको धमाका (भिडियो)

क्याम्पसमा दिईने सेवा सुविधा र शैक्षिक गतिविधिहरु जनतामाझ लैजान यो कार्यक्रम कोशेढुङ्गा सावित हुने दावि

  • विकल भट्टराई

कोहलपुर,बाँके: बाँकेको दोस्रो ठुलो क्याम्पसको रुपले चिनिएको कोहलपुर स्थित वागेश्वरी बहुमुखि क्याम्पसको प्रमोट गर्न भोलि विहिवार विहानै आठ देखि सांगेतिक धमाका सहितको कार्यक्रम हुने भएको छ ।स्वतन्त्र विद्यार्थी युनियन बागेश्वरी बहुमुखि क्याम्पसको आयोजना तथा क्याम्पसको अतिरिक्त क्रियाकलाप अन्तरगतको सहयोगमा आयोजकले राष्ट्रिय कलाकार टंक तिमिल्सेना र गायक मोडेल रुविना अधिकारीको बेजोड प्रस्तुतीलाई पस्किन लागेको हो ।

भोलि २९ गते शुभप्रभातमै आयोजना गरिने बिशेष कार्यक्रममा बागेश्वरी क्याम्पसको श्रीबृद्धिमा योगदान गर्ने शैक्षिक अभियान्ताहरुलाई समेत सम्मान गर्ने कार्यक्रम तय गरेको स्ववियुले आफुले प्रकाशन गरेको भित्ते पात्रो समेत विमोचन गर्ने जनाएको छ । सरकारले समेत भोलि ईद उल फित्र (ईद) को विदा दिएपछि हौसिएको आयोजकले कोहलपुरको ईतिहास वोकेको क्याम्पसलाई थप प्रचार प्रसार गर्दै निम्न तथा मध्यम वर्गमाझ चिनाउन मद्धत पुग्ने अपेक्षा लिएको छ ।

हामी सुरक्षाकालागि स्थानिय प्रहरी प्रशासनलाई आग्रह गर्नेछौं हाम्रै पनि ५० बढि स्वयमसेवक रहनेछन भन्दै स्ववियु अध्यक्ष देवेन्द्र बहादुर बुढाले यस बर्षदेखि बिज्ञान संकायमा विएस्सिको कक्षा सञ्चालन हुने भएकाले पनि यो क्याम्पसमा दिईने सेवा सुविधा र शैक्षिक गतिविधिहरु जनतामाझ लैजान यो कार्यक्रम कोशेढुङ्गा सावित हुने दावि गरेका छन ।

उनले गत साल बागेश्वरी क्याम्पसकै विद्यार्थीहरुले भर्ना अभियानको गित रेकर्ड गरेर ईतिहास कायम गरेको भन्दै गित संगित प्रेमिहरुलाई पनि जिवन जिउने मार्गको रुपमा यो कार्यक्रमले उत्प्ररणा दिने जिकिर गरे । स्ववियुले आज क्याम्पसको सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यक्रमबारे जानकारी दिंदै अध्यक्ष्म बुढाले ६० हजार तिरेर कलाकारहरुलाई वोलाईएको भन्दै ईच्छुकहरुलाई निशुल्क प्रवेशको ब्यबस्था समेत रहेको जानकारी दिए ।

उनले बिभिन्न शैक्षिक अभियान्ताहरुलाई सम्मानका अलावा क्याम्पसको शैक्षिक सेडुल रहेको भित्ते पात्रो समेत विमोचन गर्ने र सोहि क्यालेन्डर वमोजिम स्ववियुले कार्ययोजना वनाई शैक्षिक गतिबिधिलाई तिब्रता दिने वताए ।

पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख दान बहादुर हमालले कार्यक्रमबाट सकारात्मक उर्जा प्राप्त हुने भन्दै क्याम्पसले २०६५ सालदेखि प्राविधिक शिक्षाकालागि पहल गरेको भएतापनि बिभिन्न कारणले प्राविधिक कक्षा सञ्चालन गर्न असमर्थ भएतापनि हाल मिनि प्राविधिक शिक्षा विविएको अध्यापन शुरु भएको जानकारी दिए ।

उनले यसबर्ष देखि नै कोहलपुर क्षेत्रमै अध्यापन हुन नसकेको साईन्स बिषयको बिएस्सि कक्षा समेत सञ्चालन हुने औंल्याउदैस्ववियुलाई सामान्य अतिरिक्त क्रियाकलापमा मात्र सहयोग गरेको तर कलाकारहरुको पारीश्रमिक भने स्ववियु आफैले ब्यबस्थापन गरेको प्रष्ट पारे ।

बागेश्वरी वहुमुखि क्याम्पसका विभागिय प्रमुखहरु जिवन सिंह राठौर, ज्ञानेन्द्र शाहि, खोपिराम वलि एबं प्राध्यापक एकराज शर्मा लगाएतको आतिथ्यतामा आयोजित पत्रकार सम्मेलनमा कोहलपुरमा उपलब्ध पत्रकारहरुको समेत सहभागिता रहेको थियो । स्ववियु अध्यक्ष देबेन्द्र बहादुर बुढाको अध्यता तथा क्याम्पस चिफ दान बहादुर हमालको प्रमुख आतिथ्यतामा आयोजित पत्रकार सम्मेलन कार्यक्रमको सञ्चालन स्ववियु सचिव महेन्द्र प्रकाश मल्लले गरेका थिए ।

भिडियो

  • २८ चैत्र २०८०, बुधबार प्रकाशित

  • Nabintech