२० बैशाख २०८१, बिहीबार

पाँच पसलमा नेपालगञ्ज उपमहानगरपालिकाको ताला
  • न्युज मानसराेवर

नेपालगञ्ज: नेपालगञ्ज उपमहानगरपालिकाले लाखौं भाडा नतिर्ने आधा दर्जन पसलहरुमा ताला लगाएको छ । राजश्व शाखाले पटक पटक ताकेता गर्दा पनि अटेर गर्ने ५ वटा पसलहरुमा  ताला लगाएको हो ।

विपी चोकस्थित उपमहानगरपालिकाका सटरमा रहेका विभिन्न पसलहरु मध्ये भाडा नतिर्ने पसलहरुमा ताला लगाएको अधिकृत दिपेन्द्र श्रेष्ठले बताए । ३ महिनादेखि १८ महिनासम्मको भाडा नतिर्ने पसलमा ताला लगाइएको हो । ती पसलहरुको बक्यौता साढे ७६ हजारदेखि साढे चार लाखसम्म छ ।

राजश्व शाखाका श्याम चौधरीका अनुसार १८ महिनाको भाडा नतिरी ४ लाख ५९ हजार बाँकी बक्यौता रहेको विन्द्रासैनी ट्रेडर्स, १५ महिनाको भाडा नतिरी ३ लाख ८२ हजार ५ सय बक्यौता रहेको तनुस जनरल स्टोर, १४ महिनाको ३ लाख ३२ हजार ५ सय भाडा नतिर्ने माँ जानकी किराना पसल, १० महिनाको २ लाख ५५ हजार भाडा तिर्न बाँकी एसएस विजुली भण्डार र ३ महिनाको ७६ हजार ५ सय भाडा नतिरेको जानकी स्टेशनरीमा ताला लगाइएको छ ।  अधिकृत श्रेष्ठको अगुवाईमा गएको टोलीले ताला लगाएको हो । बाँकी भाडा तिरेपछि मात्र ती पसलहरुको ताला खोलिनेछ ।

 

 

  • ७ बैशाख २०८१, शुक्रबार प्रकाशित

  • Nabintech