८ जेष्ठ २०८१, मंगलवार

बाँके प्रहरीले पक्राउ गरयो २१६ फरार प्रतिवादी
  • न्युज मानसराेवर

नेपालगन्ज:  बाँकेमा ९ महिनामा २१६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म जुवा, ज्यान, चोरी, गाली बेइज्जती, जालसाजी, चेक अनादर, ठगी, विद्युतीय कारोबार ऐन लगायतका मुद्दासँग सम्बन्धित २१६ जना फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले १ सय २१ बर्ष २ महिना ४ दिन कैद सजाय भुक्तानका लागि २ सय १६ फरार प्रतिवादी पक्राउ गरेको जानकारी दिनुभयो । प्रहरीको सक्रियताका कारण पछिल्लो समय विभिन्न आपराधिक क्रियाकलाप गरी अदालतको फैसलामा सजाय तोकिई फरार रहेका प्रतिवादी पक्राउ पर्ने क्रम बढेको छ ।

प्रहरीले जिल्लामा अदालतबाट फैसला भई सजाय तोकिएका फरार अपराधीहरू पक्राउ गर्नका लागि छट्टै युनिट नै बनाएको छ । जिल्ला प्रहरी कार्यालयले चालू आर्थिक वर्षको ९ महिनामा पक्राउ गरेकाहरूबाट २३ लाख ४७ हजार ७ सय ७८ जरिवाना समेत असुली रहेको जानकारी दिएको छ ।

  • ११ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech