२९ बैशाख २०८१, शनिबार

आज अमेरिकी डलर बाहेक धेरैजसो विदेशी मुद्राको मूल्य यथावत
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर बाहेक धेरैजसो विदेशी मुद्राको मूल्य हिजोकै यथावत छ। अर्थात् धेरैजसो विदेशी मुद्राको कारोबार आज पनि शनिबारकै मूल्यमा हुनेछ।

आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४१ पैसा निर्धारण भएको छ। हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो। आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६७ रुपैयाँ २६ पैसा निर्धारण भएको छ।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ। आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ४३४ रुपैयाँ २० पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ।

  • १६ बैशाख २०८१, आईतवार प्रकाशित

  • Nabintech