८ जेष्ठ २०८१, मंगलवार

मट्टीतेल र डिजलको लिटरमा दुई रुपियाँ मूल्य घट्यो
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:डिजल र मट्टीतेलको भाउ दुई रुपियाँको दरले घटेको छ । आज  बुधबार बिहान १ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा दुई रुपियाँको दरले घटाएको हो ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले मूल्यसूची घटाएर पठाएपछि निगमले नयाँ मूल्य कायम गरेको छ । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपियाँ र डिजेलमा २ रूपियाँ ४५ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। निगमले पेट्रोल र खाना पकाउने ग्यासको भाउमा भने यथावत राखेको छ।

  • १९ बैशाख २०८१, बुधबार प्रकाशित

  • Nabintech