५ जेष्ठ २०८१, शनिबार

मालपोत कार्यालय सुर्खेतमा आगलागी
  • न्युज मानसराेवर

सुर्खेत: मालपोत कार्यालय सुर्खेतमा आगलागी भएको छ । शनिबार दिउँसो कार्यालयको स्टोर कोठामा आगलागी भएको हो । आगलागी हुँदा स्टोरका दराज एक थान, एक मोटसाइकल, दुइटा जेनेरेटर, कुर्सी-टेवुल, कम्प्युटरका पुराना सीपीयू ६ थान र एक दर्जन प्लास्टिक कुर्सी जलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार आगो नियन्त्रणमा आइसकेको छ । आगलागीबाट स्टोर कोठामा रहेका पुराना जिन्सी सामग्रीहरुमा क्षति पुगेको प्रहरीले छ ।आगो समयमै नियन्त्रणमा लिएकाले कार्यालयका अन्य कोठाहरुमा फैलिन नपाएको प्रवक्ता विश्वकर्माले जानकारी दिए ।

  • २२ बैशाख २०८१, शनिबार प्रकाशित

  • Nabintech