५ जेष्ठ २०८१, शनिबार

कक्षा ८ को नतिजा निराशाजनक,फेक नतिजा निकाल्नेलाई के हुदै छ कारवाहि प्रक्रिया

कक्षा ८ को नतिजालाई लिएर बैतडिका एक प्रधानाध्यापकले राजिनामा समेत दिएका छन

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:कक्षा ८ मा विद्यार्थी उत्तीर्ण दर कमजोर आउने देखिएपछि बाँकेको कोहलपुर नगरपालिकामा परीक्षार्थीको वास्तविकभन्दा धेरै प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट (इन्ट्री) गराइयो । उत्तीर्ण दर उच्च देखाउन नगरपालिकाको शिक्षा शाखा प्रमुखकै संलग्नतामा अनियमितता गरेको शङ्का लागेपछि नगरपालिकाले छानबिन समिति नै गठन गरेर अध्ययन गर्दा यो घटना पुष्टि भयो । प्रतिवेदन अनुसार नगरपालिकाभित्रका विद्यालयका परीक्षकले आफ्ना विद्यार्थीको उत्तरपुस्तिका आफैँ परीक्षण गरेको, विद्यार्थीको प्राप्ताङ्कभन्दा बढी अङ्क कम्प्युटरमा प्रविष्ट गरेको, शाखा अधिकृतको कार्यकक्षमा बसेर शिक्षण सिकाइ सहजकर्ताले नयाँ कपी थप गरी प्रश्न हल गरेको, कतिपयको बाहिरी र भित्री पाना साटिएकोलगायतका बदमासी फेला परेको थियो ।

यति धेरै बदमासी गर्दा पनि नगरपालिकाभित्रको कक्षा ८ को विद्यार्थीको उत्तीर्ण दर औसतमा ३८.३४ प्रतिशत मात्रै थियो । उक्त नतिजामध्ये संस्थागत विद्यालयतर्फ ६९.८७ प्रतिशत रहे पनि सामुदायिकतर्फ भने १४.८० प्रतिशत मात्रै छ । नतिजा धेरै देखाउन नक्कली काम गरेको पुष्टि भएपछि कोहलपुर नगरपालिकाले शिक्षा शाखा प्रमुख रामबहादुर हमाललाई काज फिर्ता गर्ने, शिक्षा शाखा अधिकृत सातौँ रविलाल मिजारलाई निलम्बन गर्ने तथा शिक्षा शाखा सहायक पाँचौँ बलबहादुर नेपाली र कार्यालय सहयोगी भरत थारूलाई विभागीय कारबाही गर्ने निर्णय नगरपालिकाले गरिसकेको छ ।

यद्यपि यो कारवाहिलाई नगरपालिकाले कार्यान्वयन भने गर्न सकेको छैन । विभिन्न विद्यार्थी संगठनहरुले कारवाहिकालागि खवरदारि भने गरिरहेका छन । अनेरास्ववियुले ५ दिने अल्टिमेटम दिएर ज्ञापन पत्र बुझाउदा मेयर पुर्ण प्रसाद आचार्यले प्रतिबद्धता जनाउन वाहेक अन्य कदम भने चाल्न सक्नुभएको छैन ।

उहाले काज फिर्ताकालागि मन्त्रालय सम्म खबर गरेका भएपनि स्थानिय स्तरमा मुद्धा नै दर्ता नभएको वताउदै सरकारी वकिलको कार्यालयले कागज पत्र नमिल्दा मुद्धा दर्ता नभएको र सवै कागजातका प्रक्रियामा मिलाएर मुद्धा दर्ता गर्न आफु प्रतिवेदन सार्वजनिक भएकै दिनदेखि लागिरहेको वताउदै आउनु भएको छ ।

कक्षा ८ कै नतिजा शून्य आएपछि केही दिन अघि बैतडीको पाटन नगरपालिकामा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश लुहारले राजीनामा दिनुभयो । उक्त नगरपालिकाको नगरस्तरीय परीक्षामा १२७ जनामध्ये २२ जना मात्र उत्तीर्ण भएका छन् । आधारभूत तहको अन्तिम परीक्षाका परीक्षार्थीको नतिजा सुधार्ने काम धेरैजसो स्थानीय तहका लागि टाउको दुखाइको विषय बन्न थालेको छ । कक्षा ८ मा अनुत्तीर्ण दर बढेपछि माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा कस्तो प्रभाव पार्ला भन्ने बहस पनि सुरु भएको छ ।

शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले कक्षा ८ को मात्रै नभएर विद्यालय तहमा नै कमजोर नतिजा आउनुको मुख्य दोष विषयगत शिक्षक नहुनु नै भएको बताउनुभयो । उहाँले शिक्षकले पढाउने र विद्यार्थीले पढ्ने शैली नमिलेका कारण नतिजा कमजोर आएको तर्क गर्नुभयो ।

कक्षा ७ सम्म निरन्तर मूल्याङ्कन प्रणाली (क्यास) बाट विद्यार्थीलाई कक्षोन्नति गराउन पाइने व्यवस्था छ । “तर यो व्यवस्थाको फाइदा उठाउँदै कक्षा ७ सम्म आफूखुसी कक्षोन्नति गर्दै आएका विद्यार्थी कक्षा ८ को परीक्षामा कमजोर देखिएका हुन्,” शिक्षाविद् डा. कोइरालाले भन्नुभयो, “परीक्षामा शिक्षक आफैँले चोराउन गएका घटनासमेत प्रशस्तै देखिएका छन् । शिक्षक नै बदमासी गर्न तयार भएपछि विद्यार्थीमा परीक्षाको समयमा किन पढ्नु प¥यो र भन्ने भावना उत्पन्न भएको छ ।” अहिले कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याएको भनिएका पालिकामध्ये पनि अधिकांशको औसत नतिजा ५० प्रतिशतभन्दा तल नै छ ।

  • २३ बैशाख २०८१, आईतवार प्रकाशित

  • Nabintech