५ जेष्ठ २०८१, शनिबार

शिक्षण अस्पताल कोहलपुरलाई लफडामा पारेर अस्पताल निर्देशक फरार

उनी तेस्रो मुलुक उडन सक्ने भन्दै विश्वस्त सुत्रले निजलाई तेस्रो मुलुक जानबाट रोक्न प्रहरी प्रशासनको सहायता लिन सुझाव

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:कोहलपुर ११ तेह्र विगाह चोकमा बैशाख १५ गते सडक दुर्घटनामा परि घाईते अवस्थामा रहेकी जुना वोहराको मृत्यु घोषणा लगत्तै उक्त केशसंग सम्बन्धित शिक्षण अस्पताल कोहलपुरका मेडीकल डाईरेक्टर डा. रेशम बहादुर राणा फरार भएका छन ।

विरामी वा निजका आफन्तले आफु जान चाहेको वा उपचार गर्न चाहेको अस्पतालमा उपचार गर्न पाउने नैसर्गिक अधिकारमाथि धावा वोल्दै रिफर गर्न नमानेका डा. राणा जुना बोहराको मृत्युका मुख्य दोषि हुन सक्ने प्रमाण उनी जुनाको मृत्यु पछि फरार घटनालाई लिन सकिने भन्दै पिडित पक्षहरुले अव शिक्षण अस्पताल कोहलपुरका कर्मचारी होईन मालिकसंगमात्र वार्तामा वस्ने जनाएका छन ।

अस्पताल श्रोतका अनुसार विरामीले आफुले उपचार गर्न अन्यत्र जान चाहे अस्पतालले रिफर गर्न सक्ने र यो प्रक्रियालाई कसैले रोक्न नमिल्ने भन्दै राणाले अस्पतालका नयाँ मालिक खुमा अर्यालका सामु राम्रो देखिन जुना वोहरालाई मात्र होईन अरुलाई समेत रिफर गर्न वाधक बन्दै आएको वताएको छ ।

यस घटनाका मुख्य पिडक तथा उक्त अस्पतालका कर्मचारी उदित वावु रेग्मीले आफुले उपचार र रिफरकालागि कुनै अवरोध नगरेको बारम्वार सञ्चाकर्मिहरुसंग वताउने गरेको भएपनि पिडित सामु यो अस्पताल वाहेक अन्यत्र लिएर गएमा उपचार खर्च ब्यहोर्न नसक्ने धम्किपुर्ण भाषा प्रयोग गर्दै आएको पिडित पक्षले दावि गरेको छ ।

उदित वावुले नै डा.राणालाई आफनो वसमा पारेर बैशाख १८ गते हास्दै वोल्दै गरेकी जुना वोहरालाई रिफर गर्नवाट वञ्चित पारेको दावि अस्पताल श्रोतको रहेको छ । उक्त दिन नै उदित वावुले आफनो मध्यपश्चिम पानी उद्योगको भे.१ च. २७६७ नम्वरको गाडि प्रहरी कार्यालयमा रहदा सम्म उपचारमा समस्या हुने भन्दै पिडित पक्षसंग निकालिदिन अनुरोध गरेकोमा पिडित पक्षले घाईतेको उपचार राम्रो होला भन्ने विश्वासले गाडि प्रहरी कार्यालयको हातावाट वाहिर ल्याउन सहयोग गरेका थिए ।

गाडि वाहिरिएसंगै उदित वावुले आफनो मोवाईल अफ गरेका थिए भने सोहि राति जुनालाई एक्कासि भ्यान्टिलेटरमा सारिएको थियो । दिउस राम्रो ब्यक्ति राति २ पटक सुई लगाएपछि नाजुक अवस्थामा पुग्नुले घटना थप शंकाको घेरामा पुगेको थियो । २ वटा ईन्जेक्सन दिएको सिसिटिभि फुटेजमा प्रश्ट देखेका आफन्तले जुनाको अप्रेसन गर्नुपर्ने भन्दै राणले पिडित पक्षसंग भनेपनि उनीहरुले अस्विकार गरिदिएका थिए ।

अप्रेसनको नाटक मञ्चन सम्पन्न भएपछि रिफरको तुरुप ल्याएर आएका राणा सो तुरुपले पनि काम नगरेपछि अन्तत जुना वोहराको मृत्यु भईसकेको अवस्था घोषणा गरेर आफु विदामा वस्न गएको अस्पताल श्रोत वताउछ ।

यस बिषयमा आवश्यक छलफलमा (समाचार हेर्न तल क्लिक गर्नुहोला ) समेत निकास ननिस्किएपछि डा. राणसंग घटनाको वास्तविकतावारे वताईदिन उनको मोवाईल नम्वर ९८५१०………..२१८ मा कल गर्दा उनी निकै हडवडाएको स्वरमा न्युज मानसरोवरसंग कुरा गर्दै जे हुनु त्यहि भयो, म काठमाण्डौ छु, यस विषयमा अस्पताल प्रशासनसंग कुरा गर्नु भन्दै फोन काटिदिएका थिए ।

आफुले गल्ति गरेको महशुस गरि काठमाण्डौ गएको भनिएका डा.राणा काठमाण्डौमै रहेको भन्ने पुष्टि गर्ने आधार भने नभएको मानसरोवर युनिटको निष्कर्ष छ । यो लफडामा आफु फस्ने देखेर विदा लिएर फरार भएका डा. रेशम बहादुर राणालाई कानुन बमोजिम खोजि कार्य त गरिएला तर उनी तेस्रो मुलुक उडन सक्ने भन्दै विश्वस्त सुत्रले निजलाई तेस्रो मुलुक जानबाट रोक्न प्रहरी प्रशासनको सहायता लिन सुझाएको छ ।

पिडित पक्षलाई थप पिडा दिएका राणाले अस्पताललाई समेत लफडामा फसाएको अस्पताल श्रोतको गुणासो छ । हामीसंग दिन सक्ने केहि हुदैन तर पनि पिडितसंग सहमतिकालागि बस्नै पर्ने भन्दै पिडितका छोराछोरीको लागि कानुन बमोजिम क्षतिपुर्ति दिन अस्पताल तयार रहेको छ अस्पताल श्रोत भन्छ ।

यता पिडित पक्षले अस्पताल र पानी उद्योगका मालिक उदित वावुसंग एक्ला एक्लै वार्ता नगरेर संयुक्त रुपमा वार्तामा वस्ने र निकासकालागि पहल गर्न सम्बन्धित सरोकारवाला निकाय समक्ष आग्रह गरेको छ ।

र यो पनि

रिफर गर्न अटेर गर्दा जुनाको मृत्यु, शिक्षण अस्पताल भन्छ कानुनी बाटो रोज्नोस (भिडियो)

  • २३ बैशाख २०८१, आईतवार प्रकाशित

  • Nabintech