५ जेष्ठ २०८१, शनिबार

रिफर गर्न अटेर गर्दा जुनाको मृत्यु, शिक्षण अस्पताल भन्छ कानुनी बाटो रोज्नोस (भिडियो)

विरामीको मौलिक हकलाई समेत लत्याउदै रिफर नगरेका राना नै मुख्य दोषि

  • प्रमोद रिजाल

कोहलपुर,बाँके: गत बैशाख १५ गते बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ स्थित तेह्र विगाह चोकमा मध्यपश्चिम पानी उद्योगको भे १ च २७६७ नम्वरको भ्यानको ठक्करवाट साईकलमा सवार जुना वोहराको उपचारका क्रममा आज शनिवार विहान करिव चार वजे मृत्यु भएको घोषणा गरेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले पिडित पक्षलाई अरु कुनै क्षतिपुर्ति दिन नसक्ने भन्दै कानुनी वाटो अवलम्वन गर्न सक्ने कुरा बताएको छ ।

अस्पतालको त्रुटि भए अदालतको आदेशले मात्र क्षतिपुर्ति दिन सकिने भन्दै अस्पताल प्रशासनले आज दुवै पक्षको वार्ताका क्रममा यस्तो वताएपछि आजको वार्ता निश्कर्ष विहिन भएको पिडित पक्षबाट वार्तामा वसेका कृष्ण कुमार आचार्यले न्युज मानसरोवरलाई वताएका छन ।

गत मंगलवार घाईते जुना बोहरा होसमै रहेको, बोल्ने र सवैको पहिचान गर्न सक्ने स्थिती रहदा सम्म अस्पतालका डाईरेक्टर रेशम रानाले पिडित पक्षसंग विरामी रिफर गर्न ईन्कार गरेका थिए । उनले सबै किसिमको उपचार यहि संभव भएको भन्दै विरामीको मौलिक हकलाई समेत लत्याउदै रिफर नगरेका राना नै मुख्य दोषि रहेकाले उनलाई कानुन वमोजिम कडा कारवाहि गर्न समेत सम्वन्धित निकायलाई आब्हान समेत गरेका छन ।

मंगलवार दादागिरी शैलि अपनाएका रानाले बुधवार रातिदेखि जुनाको अवस्था खराव हुदै गएपछि भेन्टिलेटरमा सारिसकेपछि अप्रेसन गर्नुपर्ने भन्दै विरामीका आफन्तलाई अप्रेसन गर्न सहमतिको कागजमा दस्तखत तथा सहि छाप गर्न दवाफ दिएका थिए ।

निज रानाको दवाफलाई वेवास्ता गर्दै आफन्तहरुले उक्त राति नै विभिन्न प्रपन्च रच्दै जुनालाई मारेको र मरेको लाशलाई अप्रेसनको नाटक नगर्न भन्दै सहमतिको कागजमा हस्ताक्षर नगरेपछि डाई रेक्टर (मृत्यु मापक) राना अत्तालिंदै विरामीलाई रिफर गर्न तयार भएको र भ्यान्टिलेटर सहितको एम्वुलेन्स ल्याउन पिडित पक्षसंग हार गुहार गरेका थिए । तर यी सबै बृतान्त बुझेका मृतक जुनाकी आमा ख्याउटि बोहरा र दाजु जिवराज वोहराले मरेको लाशलाई हामी कतै लैजादैनौ जे गर्नुछ गर भन्दै आश्रय स्थलतर्फ लागेका थिए ।

पिडितहरु कुनै वहानाका अगाडि नझुकेपछि अस्पतालले आज शनिवार विहान जुना यो संसारमा नरहेको प्रहरीमार्फत पिडित पक्षलाई टेलिफोनमा जानकारी गराएको थियो ।

जानकारीसंगै भ्यान्टिलेटरमा रहेको मृतक जुनाको लाशलाई अस्पतालले त्यहावाट हटाउन पिडितसंग सहमति माग्न थालेको थियो । भ्यान्टिलेटरवाट लाश हटाउन सहमति दिनुहोस अन्य सहमति त्यसपछि गरौंला भन्दै अस्पतालले गरेको आग्रहलाई ईन्कार गरेपछि सहमति जुटाउने नाममा भएको आजको वार्ता निश्कर्ष विहिन भएको वताईएको छ ।

एक अवला मजदुर नारी जुनाको मृत्यु भएको आधिकारीकता आएपछि पिडित पक्षले जुनाका दुई सन्तानको भविष्यकालागि शिक्षण अस्पतालसंग जुनाको लाशलाई भ्यान्टिलेटरवाट निकाल्न अगाडि नै केहि सहमति चाहेको थियो तर सहमति नभएपछि पिडित पक्ष यो समाचार तयार पार्दा सम्म आ-आफनो घर गईसकेका छन भने जुनाको लाश भ्यान्टिलेटर कक्षमै रहेको छ ।

सहमतिकालागि वार्तामा सात बुदा प्रस्तावका रुपमा राखिएको मृतक जुना बोहराका दाजु जिवराज वोहराले न्युज मानसरोवरलाई वताए । ७ बुदा मध्य मुख्य बुदाको रुपमा रहेको टुहुरा नानी वावुहरुको शिक्षा स्नातकोत्तर तहसम्मको सम्पुर्ण खर्च अस्पतालले ब्यहोर्नुपर्ने कुरामा अस्पताल प्रशासनले ठाडै अस्विकार गरेपछि वार्ता स्थल छोडि आफु वाहिरीएको वोहराको भनाई रहेको छ ।

के थिए पिडित पक्षका सात बुंदा !
१. आईसियु कक्षको सिसिटिभि फुटेज उपलब्ध गराई छानविन गरिनुपर्ने ।
२. मेडिकल डाईरेक्टरले विरामी रिफर नगर्नुको कारण प्रमाण सहित प्रष्ट पार्नुपर्ने ।
३. उपचार गर्दा चलाईएको प्रविधि, औषधिको पुर्ण विवरण र उपचारमा संलग्न स्वास्थ्यकर्मिहरुको बारे रिर्पोट दिनुपर्ने ।
४. मृतकको उपचारमा संलग्न चिकित्सकहरु मध्य उपचारलाई प्रभावमा पारी विरामीलाई मृत्युतर्फ धकेल्ने दोषि स्वास्थ्यकर्मिहरुलाई तुरुन्त कानुनी कारवाहि गरिनुपर्ने ।
५. मृतकका अनाथ तथा नावालक छोरा र छोरीहरुलाई उच्च शिक्षा तथा एमविविएस सम्मको पुर्ण छात्रबृत्तीको ज्ञारेण्टि गर्नुपर्ने ।
६. मृतकका छोरा छोरीलाई लालन पालन तथा रोजगारिको पुर्ण ज्ञारेण्टिको ब्यबस्था गर्नुपर्ने ।
७. घटनाको स्वतन्त्र तथा निश्पक्ष छानविन समिती गठन गर्नुपर्ने ।

उल्लेखित बुंदाहरुमा छलफलकालागि भन्दै प्रहरी अधिकृतहरुको रोहवरमा शिक्षण अस्पताल कोहलपुरका तर्फबाट उप निर्देशक दिनेश श्रेष्ठ र सुचना अधिकारी सन्जु पन्त पिडित पक्षका तर्फवाट मृतककी आमा ख्याउटी वोहरा, दाजु जिवराज वोहरा र छिमेकि विष्णु कुमार आचार्य टेवलमा वसेपनि ५ नम्वर बुदामा पुग्दा ठाडै कानुनी वाटो अवलम्वन गर्न भनेपछि वार्तामा रहेका पिडित पक्षहरु वार्ता स्थलवाट वाहिरिएका थिए ।

कोहलपुरको वदनाम गर्दै शिक्षण अस्पताल

यसैविच कोहलपुरमा रहेका बुद्धिजिवि, विद्यतवर्गहरुले केहि चिकित्सकहरुको लापरवाहि र मुढेवलका कारण अस्पतालको मात्र नभएर सिंगो कोहलपुरको वदनाम हुदै गएको प्रति चिन्ता ब्यक्त गरेका छन । अभियान्ता भुम भण्डारीले नसक्ने केशहरुमा समेत रिफर नगर्दा विकट पहाडि तथा हिमाली जिल्लाहरुवाट उपचारकालागि कोहलपुर आउनेहरु ससंकित हुने मात्र नभई कोहलपुर शव्द सुन्दा नै इरिटेड हुने वातावरण क्रियट गरिएको भन्दै चिन्ता ब्यक्त गरेका छन ।

अस्पतालले यस्ता भाईरसहरुको पहिचान गरि कारवाहिको पाटोलाई बेलैमा अविलम्व नगर्ने हो भने कोहलपुरमा रहेको शिक्षण अस्पतालको भविष्य त डामाडोल हुने नै छ अस्पताल रहेको स्थान कोहलपुरको समेत नमिठो तरिकाले बदनाम हुने उनको बुझाई छ ।

यता अस्पतालका सुचना अधिकारी सन्जु पन्तले आफनो क्षेत्रमा रहेको अस्पतालमा यस्ता घटना हुदा सम्म कुनै न कुनै जिम्मा लिन सक्ने स्थानिय सरकार र जनप्रतिनिधिहरुको उपस्थित नहुनुले पनि अस्पताल अप्ठयारोमा पर्दै गएको भन्दै पिडितहरुका माग अन्य बुदाहरुलाई सम्वोधन गर्न सकिने भएपनि शिक्षाको बुदा अस्पतालको क्षमताले भ्याउन नसक्ने भएकाले सहमति जनाउन नसकिएको प्रष्ट पारेका छन । उनले स्वास्थ्य सेवामा हामी मृतकका छोरा छोरीलाई आजिवन सेवा दिन सक्ने, वयस्क भएपछि कुनै न कुनै रोजगारिमा जोडन सकिने भएपनि तत्काल पिडित पक्षले कुनैपनि कुरामा सहमति नजनाएको वताएका छन ।

भिडियो

 

कोहलपुर सडक दुर्घटना प्रकरण: न्याय माग्न धर्ना ! के छ घाईते जुनाको अवस्था (भिडियो)

  • २२ बैशाख २०८१, शनिबार प्रकाशित

  • Nabintech