कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा रहेको वाल ज्योती सेकेण्डरी विद्यालयका संस्थापक स्व. टिकाराम सुवेदीको स्मृती दिवस तीन दिन मनाउदै विद्यालयले हिज सोमवार समापन गरेको छ ।
पहिलो दिन ”अग्रज र अनुज एउटै मञ्चमा” भन्ने मुल नाराका साथ बृहत सायित्यिक कार्यक्रम गर्दै सुवेदीको स्मृती दिवस मनाएको विद्यालयले दोस्रो दिन अर्थात गत आईतवार आफनै विद्यालयका प्रोडक्ट डाक्टरहरुको सक्रियतामा विद्यालय परिवार लक्षित बृहत स्वास्थ्य परिक्षण गरेको थियो ।

तेस्रो दिन कौशिल्या अस्पताल प्रा.लि.को प्राविधिक सहकार्यमा निशुल्क आँखा परिक्षण कार्यक्रम सम्पन्न गर्दै सुवेदीको १४ औं स्मृती दिवसका निर्धारित कार्यक्रमहरु सम्पन्न गरेको विद्यालयले जनाएको छ । विद्यालयकै प्रोडक्ट दृष्टि बिशेषज्ञ निरज काफलेले तेस्रो दिन विद्यालयमै कक्षा ५ देखि ९ कक्षा सम्म अध्यनरत विद्यार्थीहरु र अभिभावकहरुको आँखा परिक्षण गरेका थिए ।
पछिल्लो समय अधिकांश विद्यार्थीहरुले मोवाईल चलाउने गरेका कारण आँखामा समस्या देखिएको वताउदै काफलेले अभिभावकहरुले आफना वाल वालिकाहरुलाई समय सारणी बमोजिम मात्र मोवाईल चलाउन दिन सुझाव दिएका छन । निरन्तर मोवाईल चलाउदा आँखा सुख्खा हुने , दृष्टिमा असर पर्ने भन्दै काफलले अभिभावकहरुसंग पनि आँखाको स्वस्थतावारे परामर्श गरेका थिए ।

काफलेले आफना आँखा सुरक्षाका लागि वाल वालिकाहरुले समेत लामो समय सम्म मोवाईल नहेर्न, आँखा बेला बेला सफा गर्न, आँखाको राम्रो हेरविचार गर्न र साना समस्या देखिएपनि चिकित्सकहरुसंग परामर्श लिन विद्यार्थीहरुलाई सुझाए ।
२०६७ साल जेष्ठ ५ गते पुर्व पश्चिम राजमार्गको ढकेरी खण्डमा सडक दुर्घटनामा परि ज्यान गुमाएका तत्कालिन प्याब्सन केन्द्रिय उपाध्यक्ष तथा क्रिसा बााकेका संयोजक एबं एमालेका नेता स्व. टिकाराम सुवदीको स्मृतीमा वाल ज्योती माविले हरेक साल उनको स्मृतीमा विविध रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।











