१२ श्रावण २०८१, शनिबार

वरिष्ठ पाइलट विजय लामा र भावना पन्त ‘ग्राउन्डेड’
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलटहरू विजय लामा र भावना पन्तलाई ‘एक्टिभ ड्युटी’ बाट हटाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्दै प्राधिकरणले उनीहरूलाई अनुसन्धान अवधिभरिका लागि ग्राउन्डेड गरेको बताइएको छ ।

नेपाल एयरलाइन्सकाका अनुसार दुवै पाइलटलाई रोस्टरबाट हटाउनू भन्ने निर्देशन प्राधिकरणबाट दिइएको छ । पन्त न्यारो बडी जहाज ‘एयरबस ३२०’ उडाउने क्याप्टेन हुन् भने लामा वाइड बडी जहाज ‘एयरबस ३३०’ जहाज उडाउने क्याप्टेन हुन् ।

  • २२ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • Nabintech