११ श्रावण २०८१, शुक्रबार

संसदमा आजदेखि बजेटको मन्त्रालयगत छलफल
  • न्युज मानसराेवर

काठमाडौँ\प्रतिनिधि सभामा आजदेखि बजेटको मन्त्रालयगत छलफल सुरु हुँदैछ । मंगलबार चार वटा मन्त्रालय अन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । जसमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय रहेका छन् ।

विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनु अगाडि नेपाल मजदकुर किसान पार्टीका सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक , २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।

स्वतन्त्र सांसद अमरेश कुमार सिंहले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसका अलावा मंगलबार प्रतिनिधि सभामा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ ।सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । यस्तै बैठकमा नेपाल मजदुर कसिान पार्टीका सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजकि सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लखिति रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

  • २९ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • Nabintech