१२ श्रावण २०८१, शनिबार

बाँकेको मकैवारीमा भेटिएको आमा विनाको चित्तल वन रक्षकसंग रमाउदै
  • न्युज मानसराेवर

बैजनाथ बाँके: डिभिजन वन कार्यालय बाँकेअन्तर्गतको सशस्त्र सुरक्षा वन शाखाको कार्यालय परिसरमा राखिएको चित्तलको बच्चा सशस्त्र वन रक्षकहरूसँग रमाउने गरेको छ ।

केही दिनअघि मात्र जिल्लाको एक सामुदायिक वन उपभोक्ता समूहको जङ्गल क्षेत्रबाट उद्धार गरिएर डिभिजन वन कार्यालयमा ल्याइएको सो चित्तलको बच्चा अहिले सशस्त्र वन रक्षकहरूसँग रमाउन थालेको हो ।

चित्तलको बच्चालाई गत जेठ ११ गते जिल्लाको बैजनाथ गाउँपालिका वडा नं. २ मकैबारीस्थित शिवशक्ती सामुदायिक वन उपभोक्ता समूहको जङ्गल क्षेत्रबाट उद्धार गरिएर डिभिजन वन कार्यालयमा लगाइएको थियो ।

करिब डेढ महिनाको भाले चित्तलको बच्चालाई आमाबिनाको टुहुरो अवस्थामा बैजनाथ गाउँपालिका वडा नं. २ मकैबारीस्थित शिवशक्ती सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा गत जेठ ११ गते कोहलपुर सब डिभिजन वन कार्यालयका डिभिजन वन रक्षक अर्जुन आचार्यको उद्धार टोलीले उद्धार गरी कार्यालयमा ल्याएको डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत नवराज शाहीले जनाए ।

  • २९ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • Nabintech