८ बैशाख २०८२, सोमबार

फोहर मैला ब्यबस्थापनको पेश्कि रकम नै जोखिममा ? तिर्ला त जटायूले ६७ लाख ५५ हजार !

कामको प्रकृती नै नमिलेको जटायुले कसरी पायो फोहर मैला ब्यबस्थापनको जिम्मा

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: कोहलपुर नगरपालिका भित्रको फोहर मैला ब्यबस्थापनको जिम्मा लिएको जटायू रिराईकलर्स प्रा.लि.ले नगरपालिकालाई ६७ लाख ५५ हजार तिर्नुपर्ने भएको छ । फोहर मैलाको उचित र दिगो ब्यबस्थापनकालागि २ करोड ९८ लाख २२ हजार १० रुपैसा वरावरको लागत अनुमान तयार गरि १५ बर्षको लागि पालिकाले शहरी फोहर मैला ब्यबस्थापन तथा स्रोतको परिचालन केन्द्र निर्माण गर्ने भन्दै कोहलपुर नगरपालिकाले २ करोड २८ लाख ७ हजार नौ सय चौध र दोस्रो पक्ष भनिएको जटायू रिराईकलर्सले ९५ लाख ३४ हजार लगानि गर्ने गरी २०७७ साल असार २६ गते सम्पन्न सम्झौता वमोजिम कार्य हुन नसकेको औंल्याउदै महालेखा परिक्षकको कार्यालयले उक्त दिईएको पेश्किसमेत जोखिममा परेको उल्लेख गरेको छ ।

पालिकाले फोहर मैला ब्यबस्थापन कार्यकालागि ईजाजत नै नभएको जटायू रिराईकलर्स प्रा.लि.लाई उक्त कार्य गर्ने गरि कार्यदेश दिएको भएतापनि उक्त प्रा.लि. २०७४ पौष १४ गते प्यानमा दर्ता हुदा हवाई यातायात तथा सहायक सेवा प्रदान गर्ने ट्राभल ऐजेन्टका रुपमा काम गर्ने गरि दर्ता भएको र सो पश्चात २०७७ असार २४ गते भ्याटमा दर्ता हुदाका बखत मल विउ विजन सम्वन्धि कारोवार गर्ने , मर्मत सम्वन्धि कार्य गर्ने र सफाई सम्वन्धि सेवा प्रदान गर्ने उल्लेख गरिएकोसंग नगरपालिकाले २०७७ असार ३१ मा सम्झौता गरि ७४ लाख ५५ हजार पेश्कि उपलब्ध गराएको र दास्रो रनिङ विलको भुक्तानि भन्दै २३ लाख ३० हजार पाँच सय एकाउन्न रुपैया भुक्तानि दिएकोमा ७ लाख मात्र पेश्कि फछ्यौट गरेको औंल्याउदै महालेखाले अव पेश्कि फछ्यौट हुन बाँकी ६७ लाख ५५ हजार देखाएको हो ।

विगतका बर्ष सम्म जटायुलाई पेश्कि बाहेक ९२ लाख ९९ हजार २ सय वाईस भुक्तानि भईसकेकोमा उक्त प्रा.लिसंग सम्झौता अनुसार फोहर मैला ब्यबस्थापन कार्य अगाडि नबढाई जटायू रिराईकलर्स प्रा.लि.संग सम्झौता नतोडि पुन: अर्को पार्टिलाई सोहि कार्यकालागि रकम भुक्तानि गर्नेगरि निर्णय गर्ने जिम्मेवार पदाधिरी र सम्झौता गरि फोहर मैला ब्यबस्थापन नगर्ने जटायू रिराईकलर्स प्रा.लि.लाई जिम्मेवार वनाई सम्झौता कार्यान्वय गर्न गराउन नगरपालिका गम्भिर भएको नपाईएको प्रतिवेदनमा उल्लेख गरेको महालेखाले नगरपालिकाले १५ बर्षलाई फोहरको ब्यबस्थापन गर्नाकालागि जटायू रिराईकलर्स प्रा.लि.को निजि जग्गामा प्लान्ट निर्माण गर्दा पेश्कि बाँकी समेत १ करोड ६७ लाख चउन्न हजार २ सय बाईस खर्च गरिसकेको अवस्थामा उक्त क्षेत्रमा स्थानियहरुले अवरोध गरेको भनि पालिकाले चालु बर्षमा सरस्वती सामुदायिक वनको जग्गामा २ बर्षमा १० प्रतिशतले शुल्क बढाउने गरि १२ बर्षकालागि उक्त सामुदायिक वनको कर्णाली विकास बैंकको खातामा मासिक १ लाख पचास हजारका दरले बार्षिक १८ लाख भुक्तानि दिनेगरि २०७९ श्रावण २३ गते सम्झौता भई कार्यदेश दिईएको उल्लेख गरेको छ ।

साथै उक्त वन क्षेत्रमा खाल्डो तयार पारेको उल्लेख गर्दै २०७९ मंशिर १९ गते रु ४६ हजार चार सय तीस भुक्तानि गरिएको र विवरण संकलन कार्यकालागि सफटवेयर खरिद गर्न रु १ लाख पचास हजार भुक्तानि गरेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । एकातिर जटायू रिराईकलर्स प्रा.लि.सम्झौता हुनु अर्कोतिर जटायू रिराईकलर्स प्रा.लि.संगको सम्झौता वमोजिम कार्य नहुनु र सम्झौता नतोडि अर्को पाटिसंग नयाँ सम्भौता गरेपछि जटायू रिराईकलर्स प्रा.लि.संग ६७ लाख ५५ हजार असुल उपर गर्नुपर्ने महालेखाले आफनो प्रतिवेदनमा उल्लेख गरेको छ ।

  • १ असार २०८१, शनिबार प्रकाशित

  • Nabintech